Wednesday, April 17
Shadow

स्वास्थ्य

२४ घण्टामा १०२४ जनामा कोरोना संक्रमण, १४ हजार २२५ जना सक्रिय संक्रमित

२४ घण्टामा १०२४ जनामा कोरोना संक्रमण, १४ हजार २२५ जना सक्रिय संक्रमित

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २० पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन्। आज २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।...
४ सय हप्ताको सफाइ अभियान पछि बग्न थाल्यो बाग्मतीमा सफा पानी

४ सय हप्ताको सफाइ अभियान पछि बग्न थाल्यो बाग्मतीमा सफा पानी

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
सरकार तथा नागरिकस्तरबाट थालिएको बागमती सफाई महाअभियान ४ सय हप्तामा पुगेको छ । फोहोरले भरिएर दुर्गन्धित र कुरुप बनेको बागमति नदीबाट फोहोर हटेको छ भने तुलनात्मक रुपमा सफा पानी बग्न थालेको छ । पूर्व मुख्यसचिव लिलामणी पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाई महाअभियान सुरु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नियमित शनिवार बागमती नदीका विभिन्न स्थानमा पुगेर सफाई गर्दै आइरहेका छन् । यो अवधीमा बागमती संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन उल्लेख्य रुपमा नागरिक सहभागी भएका छन् । यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम, चलचित्र कलाकार संघ, विज्ञापन संघ, विभिन्न कलेजलगायत विभिन्न सामाजिक संघ संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु सहभागी हुने गरेका छन् ।...
पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ५ उपाय

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ५ उपाय

खेलकुद, टिप्स, स्वास्थ्य
    काठमाडौ,मंसिर १९ जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् । १. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ । २. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ । ३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् । ४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ । ५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पन...
आज १२७२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १५४४७

आज १२७२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १५४४७

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १९ पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ। आज देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ।...
कोरोना कहर : खोप ल्याउन सरकार तयारी अवस्थामा, काममा लागे कर्मचारी

कोरोना कहर : खोप ल्याउन सरकार तयारी अवस्थामा, काममा लागे कर्मचारी

ब्यानर समाचार 2, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौ,१९मंसिर विश्वमा खोप उत्पादनको चर्चा जति धेरै छ । त्यतिनै नेपाल सरकारले समेत खोप आएसँगै कसरी भण्डारण गर्ने, कसकसलाई लगाउने र कसरी लगाउने भन्ने बारेमा तयारी थालेको छ । त्यसका लागि आर्थिक जोहो, खोप भण्डारको लागि भौतिक पूर्वाधारको विकासमा नेपाल सरकारले सम्बन्धित मन्त्रालय मार्फत कर्मचारी खटाइसकेको छ । अहिले मात्रै हैन विश्वमा समय समयमा हुने महामारीविरुद्ध लड्न बन्ने खोपमा सबै देशको समान पँहुच विस्तारमा विश्व स्वास्थ्य संगठनले विगतदेखिनै समानुपातिक वितरणमा ध्यान दिएको छ । कोभ्याक्स (विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) सबैले नेपालजस्ता गरिब देशहरुमा समेत कोरोना भाइरसको खोपको सफल परीक्षण भएसँगै कसरी वितरण गर्ने भन्ने बारेमा चासो दिएको छ । कोभ्याक्सले अहिलेसम्म कुनै पनि खोप लगाउने बारेमा अनुमति दिएको छैन । कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा नेपालले समानुपातिक रुपमा ...
कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने

कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने

जिवनसैली, समाचार, स्वास्थ्य
  १९ मंसिर, काठमाडौं  राष्ट्रिय परीक्षा बोर्डले नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न लागेको छ । २४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट देखाउनु पर्ने अर्याल बताउँछन् । विद्यार्थीहरूले २६ मंसिरभित्र सम्बन्धित विद्यालयमा पोजेटीभ रिर्पोट सहित आफ्नो विवरण बुझाउनु पर्नेछ । विद्यालयले मंसिर मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्नेछ । बोर्डले ९–१६ मंसिरमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।...
कोभिडको खोप सर्वसुलभ र पहुँचायोग्य हुनुपर्छ : प्रधानमन्त्री ओली

कोभिडको खोप सर्वसुलभ र पहुँचायोग्य हुनुपर्छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १९ प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन्। कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्रसंघीय महासभाको ३१ औं विशेष अधिवेशन’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।’ खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा भइरहेको पहलकदमीको हामी सराहना गर्दछौं ।’ उनले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताए ।...
मह शुद्ध कि अशुद्ध ?  घरेलू तरिकाले पहिचान गर्नुहोस्

मह शुद्ध कि अशुद्ध ? घरेलू तरिकाले पहिचान गर्नुहोस्

जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
मह खानुका विभिन्न फाइदा छन् । यसै कारण मानिसहरुले यसलाई आफ्नो खानामा कसैगरी समावेश गर्ने कोसिस गर्छन् । तर सबै महले स्वास्थ्यमा फाइदा पुर्याउँछ भन्ने छैन । आजकाल बजारमा अर्गानिक र शुद्ध महको नाममा नक्कली र मिसावट भएको मह छ्यापछ्याप्ती पाइन्छ । यदि तपाईं मह खानुहुन्छ भने यहाँ बताइए अनुसार गरेर मह शुद्ध हो कि अशुद्ध भनेर पत्ता लगाउन सक्नुहुन्छ । महको पहिचान गर्ने सबैभन्दा राम्रो र सहज तरिका तातो पानी हो । यसका लागि काँचको गिलास वा कचौरामा तातो पानी लिनुहोस् । यसमा एक चम्चा मह मिसाउनुहोस् । यदि यो पानीमा बिलिन हुन्छ भने बुझ्नुहोस् कि महमा मिसावट छ । र यदि यो मोटो तार जस्तो बनेर भाँडाको मुनी बसिरहन्छ भने यो सक्कली हो भनेर बुझ्नुहोस् ।  ।...
अनुहार चम्किलो बनाउन यी हुन् घरेलु उपाय

अनुहार चम्किलो बनाउन यी हुन् घरेलु उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर १९ अनुहार चम्किलो बनाउनका लागि मानिसहरू निकै प्रयास गरिरहेका हुन्छन्। कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा निकै चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय पनि छन् -अनुहार चम्किलो बनाउन घरेलु प्याक बनाएर प्रयोग गर्न सकिन्छ । बेसन, चन्दन, बेसार र दूधको फेसप्याक अनुहारमा दल्नुपर्दछ । अनुहारमा दलेको उक्त फेसप्याक एक वा दुई घन्टासम्म पखाल्नु हुँदैन । फेसप्याकमा दूधको सट्टा गुलाबजल पनि प्रयोग गर्न सकिन्छ । -मुसुरोको दाल पिसेर यसको पेस्ट बनाई महसँग लगाउन पनि सकिन्छ । यसरी लगाएको पेस्ट केही समयपछि सफा गर्दा अनुहारमा चमक देखिन थाल्छ । -कागतीलाई काटेर रस अनुहारमा दल्दा पनि अनुहार चम्किलो बन्छ । तर, यस्तो काम दैनिक रूपमा गर्नुपर्दछ ।...
लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

लिखु गाउँपालिकाद्धारा विद्यालय स्वास्थ्य सामाग्री खरिदको लागि १० लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १८ नुवाकोटको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयहरुको स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा लिखु गाउपालिकाले लिएको छ । बिहिबार एक कार्यक्रमका बिच लिखु गाउपालिका भित्रका सामुदायिक तर्फ १७ ओटा र संस्थागत तर्फ ७ वटा बिद्यालयहरु लाई एकमुष्ट १० लाख रुपैया पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले हस्तान्तरण गरेका छन् । जस्मा सामुदायिक बिद्यालयहरु लाई ६ लाख ६९ हजार ४ शय १५ र संस्थागत बिद्यालहरु लाई ३ लाख ३० हजार ५ शय ८५ रुपैया रहेको छ । रकम हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष श्रेष्ठले गाउपालिकाको प्रमुख दायित्वनै शिक्षा र स्वास्थ्य रहेको बताए । सोही अनुरुप बिकाश निर्माणको रकम कटौती गरेर भएपनि बिद्यालयहरु लाई रकम उपलब्ध गराएको र यो रकम १ महिनाको लागी भएपनि यस कार्यक्रम लाई निरन्तरता दिने बताए । लिखु गाउपालिकाले सामुदायिक र संस्थागत बिद्यालय भनेर नछुट्टाई उक्त रकम उपलब्ध गर...