Tuesday, April 23
Shadow

काेराेनाका कारण मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिए


  • -इ
  • इ+

काठमाडौ,मंसिर २१
कोरोना पोजेटिभ देखिएको र आफू मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिएका छन् ।

कोरोना पोजेटिभ देखिएको र मर्न लागेको भन्दै २४ जुलाईमा आफ्नी श्रीमतीलाई ढाँटेर घरबाट निस्किएका पुरुष प्रेमिकासँग भेटिएका हुन् ।
नाभी मुम्बईमा बस्ने २८ वर्षीय ती पुरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए ।श्रीमती केही प्रश्नहरू सोध्नुअघिनै फोन काटिएको थियो । लामो समयसम्म श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

उनको पत्ता लगाउन प्रहरीले जिल्लाका सबै कोभिड आइसोलेशन सेन्टरमा खोजी सुरु गरेको थियो ।पुलिसले यस विषयमा अनुसन्धान गर्न सुरु गर्दा उनको हत्या भएको हो भनेरसमेत अनुमान गरिएको थियो ।तर, लामो समय खोजेपछि उनी इन्दोरमा प्रेमिकाका साथ भेटिए । उनी नाम बदलेर प्रेमिकासँग एउटा भाडाको घरमा बस्दै आएको पत्ता लागेको थियो ।१५ सेप्टेम्बरमा उनलाई त्यहाँबाट पक्राउ गरी मुम्बई ल्याइएको बताइएकाे छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares