मोबाइल सिरानी छेउ राखेर सुत्दा हुनसक्छ क्यान्सर !
.काठटमाडौं, माघ ८ । अहिले त हाम्रो मोबाइल बोक्नु कुनै रमाइलो होइन, बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ । मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ ।
बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ । तर, बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ मोबाइल राखेर सुत्दा निकै धेरै समस्या आउन सक्ने पत्ता लगाएको छ । अध्ययनअनुसार मोबाइललाई सिरानी छेउ राख्दा क्यान्सरमात्र होइन, नपुंसकता पनि हुनसक्छ ।
अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ । मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने उसको अध्ययनले देखाएको छ ।
त्यस्तै, बेलायती विश्वविद्यालयहरुले गरेको एउटा अध्ययनले मोबाइल फोनबाट निस्कने विक...









