Tuesday, April 23
Shadow

समाज

छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

आर्थिक, समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २२ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । ...
अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो। सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए। मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्। दुई फरक पुरुषबाट जन्मिएका हुन् यी जुम्ल्याहा बालबालिका आमाबुवा बितेको ४ वर्षपछि बच्चा जन्मियो "हामी औधी खुसी भएका छौँ," टिना गिब्सनले बताइन्। "पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ" उनले भनिन्।   भ्रूणदान   पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित ...
कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जना घाइते

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जना घाइते

दुर्घटना, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा विवाहको गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुलाहा कञ्चनपुरको बेलौरी नगरपालिका ३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएकी छन् । दुर्घटनामा अन्य ११ जना जन्ती घाइते भएका छन् । बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको विङ्गर गएराति ११ बजेतीर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालकसहितका ४ जनाको अवस्था गम्भीर छ ।...
युवतीसँग होटलमा भेटिएका कैलालीका डिएसपी चौधरी निलम्बित

युवतीसँग होटलमा भेटिएका कैलालीका डिएसपी चौधरी निलम्बित

अपराध, मुख्य समाचार, समाज
काठमाण्डौँ, मंसिर १७ युवतीसँग होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरी निलम्बित भएका छन्। कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग समातिएका चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो। मंसिर ९ गते मध्यराति सम्पर्कविहीन डिएसपी चौधरीलाई आचरणविरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सम्पर्कविहीन डिएसपी चौधरी बुढीतोलाको एक होटलमा युवतीसँग भेटिएका थिए। गृह मन्त्रालयले डिएसपी चौधरीलाई निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।...
पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुस १ गतेबाट पशुपति खुल्ला हुने बताएका छन्। मन्त्री भट्टराईले कोभिड–१९ का कारण बन्द रहेका धार्मिक-सांस्कृतिक गतिविधीहरु अव स्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गरेर खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको जानकारी दिए। बुधबार पशुपतिमा स्थापना गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताए। पशुपतिका धार्मिक-सांस्कृतिक गतिविधी खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न-गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन समेत दिएका छन्। पशुपति विक...
त्रिविका सबै क्याम्पसहरूमा पढाइ सुरू हुने

त्रिविका सबै क्याम्पसहरूमा पढाइ सुरू हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १६ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए । ‘स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ प्रा.डा. भुसाल भन्छन्, ‘कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजेका हौं ।’ भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए tuन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ । त्...
सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
  काठमाण्डौँ, मंसिर १६ कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस तथा प्रदर्शनहरु नगर्न आग्रह गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रशासनले कोरोना भाइरसको महामारीको जोखिम अझै रहेकाले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ । त्यस्तै जोखिम अ...
शिवपुरी गाउँपालिका ५ चालिसेमा १० शैयाको अस्पताल शिलान्यास

शिवपुरी गाउँपालिका ५ चालिसेमा १० शैयाको अस्पताल शिलान्यास

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १५ नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंवर ५ चालिसेमा सोमवार १० शैयाको अस्पताल शिलान्यास भएको छ । उक्त शिलान्यास गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गरेका हुन् । १० करोड भन्दा धेरै लागतमा निर्माण हुने अस्पताललाई सुविधा सम्पन्न बनाईने गाउँपालिकाका अध्यक्ष थापाले बताए । साथै कार्यक्रममा बोल्दै उनले भने, गाउँपालिका समृद्धि तर्फ लम्किएको र यस अस्पताललाई पनि आफ्नै कार्यकालमा निर्माण सम्पन्न गरि आफैले उद्घाटन गर्ने गरि काम गर्छु । अस्पतालमा आकस्मिक तथा वैरंङ सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका उप प्रमुख मन्जु केसि, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा अध्यक्षहरु लगाएतका जनप्रतिनिधिको उपस्थीति रहेको थियो ।...
नागार्जुन नगरपालिकाद्धारा १५४ परिवारलाई अग्नि शमन यन्त्र वितरण

नागार्जुन नगरपालिकाद्धारा १५४ परिवारलाई अग्नि शमन यन्त्र वितरण

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर १३ काठमाडौंको नागार्जुन नगरपालिकाले अग्नि शमन यन्त्र वितरण सुरु गरेको छ । शनिवार आयोजित एक कार्यक्रममा सो नगरपालिकाको वडा नं १ का १ सय ५४ घर परिवारलाई उक्त यन्त्र वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । उनले बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्‍याउन नसकेको बताए । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताए । ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको आरोप समेत लगाए । कार्यक्रममा प्रदेश सांसद प्रकाश श्रेष्ठले प्रदेश सरकारले जनतालाई अधिकार सम्पन्न बनाउन कानुन बनाई रहेको बताए । साथै नगरपालिकाले गरेको कार्यमा प्रदेश सरकारले...
नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी कुवँरलाई

नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी कुवँरलाई

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ११ नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुवँरले पाएका छन् । प्रहरी प्रधान कार्यालयले कुवँरलाई प्रवक्ता तोकिएको जानकारी गराएको हो । यसअघि प्रहरी प्रवक्ता कुवेर कठायत थिए । प्रवक्ता कुवरलाई ९८५१२९२१११० मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...