मन्त्री अधिकारीको नाम जोडिएको नियुक्ति सम्बन्धी प्रचार भ्रामक
कपिलवस्तु, असार ३०
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम जोडेर सार्वजनिक रूपमा फैलिएको नियुक्तिसम्बन्धी समाचारलाई निजी सचिवालयले गम्भीर ध्यानाकर्षण गर्दै खण्डन गरेको छ।
निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा हालै केही सञ्चार माध्यममा आएको जिल्ला समिति अध्यक्ष नियुक्तिमा मन्त्रीको संलग्नता भन्ने आशयको समाचार पूर्णतः भ्रामक, असत्य र तथ्यविहीन भएको स्पष्ट गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, जिल्ला समिति अध्यक्ष नियुक्तिको प्रक्रिया कानुनअनुसार सिफारिस, योग्यताको मूल्यांकन र सम्बन्धित निकायको निर्णयबाट हुने व्यवस्था छ। मन्त्रीज्यूको प्रत्यक्ष संलग्नता र निर्देशनमा कुनै नियुक्ति गरिएको छैन भन्ने कुरा स्पष्ट छ।
त्यसैगरी, सो प्रसंगमा प्रयोग भएका केही अडियो क्लिपहरूलाई पनि अमर्यादित, अपुष्ट र बदनाम गर्ने नियतसहित प्रसारण गरिएको भन्दै सचिवालयले गम्भीर आपत्ति जनाएको...









