Monday, June 29
Shadow

समाचार

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)  कार्यान्वयनमा ल्याउने जनाएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको हो । विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणको अनुरोध  छ । मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो । प्राधिकरणद्वारा जारी सूचना : ...
८ गते बेलुकी बालुवाटार बैठक निष्कर्ष बिहिन , देउवा र प्रचण्डको पहिलो प्रधानमन्त्री आफै बन्नुपर्ने अडान

८ गते बेलुकी बालुवाटार बैठक निष्कर्ष बिहिन , देउवा र प्रचण्डको पहिलो प्रधानमन्त्री आफै बन्नुपर्ने अडान

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं । सत्ता गठबन्धनबीच नयाँ सरकार गठनको विषयमा अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न नसकेको हो। गठबन्धन दलहरुबीच आज फेरि छलफल गर्ने तयारी छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिएका छन् भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । गठबन्धनको बैठकबाट प्रधानमन्त्रीको टुङ्गो लाग्ने नेताहरुको भनाइ छ । प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राख्दै आएका छन् । गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ । राष्ट्...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
नेपाल तरुण दल काठमाडौ जिल्ला सचिव द्वारा क्रीसमस नमनाउन आग्रह

नेपाल तरुण दल काठमाडौ जिल्ला सचिव द्वारा क्रीसमस नमनाउन आग्रह

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नेपाल तरुण दलका काठमाडौ जिल्ला सचिवले आफ्नो फेसबुक वालमा क्रीसमस जबर्जस्ती मनाउने कार्य नगर्न स्कुल तथा अन्य संस्था हरुलाइ आह्वान गर्नु भएको छ । उहाहालाइ हामीले नेपाल त धर्म निरपेक्ष देस हो तपाइले यस्तो भन्न मिल्छ ! भनेर फोन सम्पर्क गर्दा उहाले भन्नुभयो यहाँ स्कुल र केही संस्थाले विभिन्न अफवाह र प्रलोभनमा धर्म परिवर्तन गराउने र सनातन धर्म कम्जोर बनाउदै नेपाल र नेपालिको संस्कार र संस्कृति माथी नै गम्भीर क्षति पुर्‍याउने कार्य हुन गैरहेकोले यस्तो कार्य नगाराउन म सचेत छु र सचेत गराउछु भन्नुभयो । हामीले थप प्रस्न गर्‍यौ , तपाईंको पार्टी ले त यसो भन्दैन त तपाइँको पार्टीले तपाईंलाइ कार्वाही गर्दैन भन्दा उहाले भन्नू भयो हामी यो धर्मको बिषयमा पार्टीमा छलफल गरेर सनातनी धर्म सापेक्ष हुनुपर्छ भनेर संघर्ष गर्छौ र कार्यान्वयन गराउछौ ।...
आजदेखि एक हप्ता काठमाडौं महानगरले  फोहोर नउठाउने

आजदेखि एक हप्ता काठमाडौं महानगरले फोहोर नउठाउने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं महानगरपालिकाले आजबाट एक हप्ता फोहोर व्यवस्थापनको काम प्रभावित हुने जनाएको छ । यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम एक हप्ता रोकिने जानकारी दिएको हो । सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक,...
आज राष्ट्रपति भण्डारी सुर्खेत आउँदै

आज राष्ट्रपति भण्डारी सुर्खेत आउँदै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत आउन लागेकी छन् ।  नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९ः०० बजे भण्डारी सुर्खेत आउन लागेकी हुन्। महासङ्घद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हल आयोजना गरिएको केन्द्रीय साधारणसभा राष्ट्रपति भण्डारीले आज बिहान ९:३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै राष्ट्रपति  भण्डारीले दिउसो १२ः३८ बजे मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।  
गोल्डेन बुट विजेता एम्बाप्पे क्लब फुटबलमा फर्किए

गोल्डेन बुट विजेता एम्बाप्पे क्लब फुटबलमा फर्किए

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन्। एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन्। लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो । फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेले प्रतियोगिता कूल आठ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् । पिएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आगमी बुधबार स्ट्रार्सबर्गको सामना गर्दैछ ।...
चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने

चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन् । योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो । योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो । कैद बसेर छुटेपछि उनलाई अध्यागमनमार्फत निष्कासन गरिनेछ । उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा न...
किन चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइदै छ ?

किन चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइदै छ ?

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार