Monday, June 29
Shadow

समाचार

राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा : प्रचण्ड

राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा : प्रचण्ड

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
यही गठबन्धनबाट प्रधानमन्त्री बन्ने, त्यो नभए गठबन्धन छाडेर एमालेसँग छलफल गर्ने र त्यो पनि सम्भव नभए प्रतिपक्षमा बस्ने माओवादी रणनीति नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन्। आइतबार बिहान माओवादी केन्द्रका उच्च नेताहरुसँग प्रचण्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा परेको बताएका हुन् । चौतर्फी घेराबन्दीमा परेका कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएकोसमेत उनले बताएको माओवादी केन्द्रका एक नेताले  जानकारी दिए। आफूलाई घेराबन्दीमा पारेर प्रधानमन्त्रीबाट रोक्न चौतर्फी प्रयास भइरहेको प्रचण्डको भनाई छ। बिहानको आन्तरिक छलफलमा नेकपा माओवादी केन्द्रले कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग समेत छलफल अघि बढाउने तयारी गरेको छ। तर नेकपा एमा...
अफगानिस्तान सरकारद्वारा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

अफगानिस्तान सरकारद्वारा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीले उचित ड्रेस कोड पालना नगरेको गुनासो आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता अब्दुलरहमान हबिबले पत्रको पुष्टि गरेका छन् । केही कर्मचारीहरूले महिलाहरूको लागि इस्लामिक ड्रेसकोड पालना गर्न असफल भएकाले महिला कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म गैरसरकारी संस्थाहरूमा काम गर्न अनुमति नभएको पत्रमा उल्लेख छ । अफगानिस्तानमा ठूलो संख्यामा रहेको संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई पनि यो आदेश लागू हुन्छ कि हुँदैन भन्ने विषय भने स्पष्ट छैन । यसअघि तालिबानले महिलालाई विश्वविद्यालयमा प्रतिबन्ध लगाएको थियो । ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
प्रतिगमनलाई पराजित गर्दै  एमालेलाई उभ्याउन सफल  : ओली

प्रतिगमनलाई पराजित गर्दै एमालेलाई उभ्याउन सफल : ओली

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताएका छन् । प्युठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित प्युठानबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको बताएका हुन् । ओलीले भने, ‘अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचनको नतिजाले एमालेले गठबन्धनलाई पराजित गर्ने देखिँदैन थियो । तर हामी जनतामा एकजुट भएर गयौँ भने हामी जित्न सक्छौँ भन्ने दृष्टान्त प्युठानले प्रस्तुत भएको छ । हामीले प्रतिगामी तत्त्वहरूलाई पराजित गर्यौ । प्रतिक्रियावादीको साँठगाँठलाई र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेका छौँ ।’ आलीले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्य...
पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर पर्‍यो : प्रकाशमान सिंह

पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर पर्‍यो : प्रकाशमान सिंह

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाए । कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको  बताएका छन् । ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन। चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो। अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो। यसको असर निर्वाचन परिणाममा देखियो। जित्ने ठाँउमा पनि कांग्रेसले पराजय भोग्नुपर्‍यो,’ उनले भने। उनले भने ‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो। यसपटकको तितो पाठ- संगठनको मात्रै भर गर्‍यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो।’ नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीका संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए।  ...
महानगरलाई अनधिकृत बस्ती हटाउन नेवार समुदायको समर्थन

महानगरलाई अनधिकृत बस्ती हटाउन नेवार समुदायको समर्थन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ । आज यहाँ नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेन गर्दै बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् । अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने उनीहरुको भनाइ छ । “काठमाडौँ महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजर अन्दाज गर्न सकिँदैन, उहाँहरुलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्छ”, नेवाःजातीय महासङ्घका अध्यक्ष मनोज नेवाःखड्गीले भन्नुभयो । उहा...
फागुन २८ गते स्ववियु निर्वाचन गर्ने त्रिविको तयारी

फागुन २८ गते स्ववियु निर्वाचन गर्ने त्रिविको तयारी

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताउनुभयो । “हामीले त्रिवि पदाधिकारी, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल ग¥यौँ”, उहाँले भन्नुभयो, “परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ, हामी सोही मितिको प्रस्ताव विद्यार्थी सङ्गठनसँग गर्छौँ ।” स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी सङ्गठनका अध्यक्षको बैठक बोलाइएको छ । निर्देशनालयका निर्देशक ...
किसानको दुःखेसोः खुला सिमानाका कारण उत्पादनले बजार पाएन

किसानको दुःखेसोः खुला सिमानाका कारण उत्पादनले बजार पाएन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उहाँहरुको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार सङ्गठन र उद्योग व्यापार सङ्गठन मर्चवार सम्पर्क कार्यालयले शुक्रबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको स्थानीय बजार प्रवद्र्धनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले स्थानीय बजार प्रवद्र्धनका लागि सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय सन्तराम कोइरीले स्वदेशमा उत्पादन भएका कुखुराले बजार नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “भारतमा सस्तो मूल्यमा कुखुरा पाइने र खुल्ला सीमाका कारण सहजरुपमा चोरी–पैठारी हुने भएका...
चीन : एकै दिन ३ करोड ७० लाखलाई कोभिड !

चीन : एकै दिन ३ करोड ७० लाखलाई कोभिड !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
बेइजिङ  ।   चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ। यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको छ। बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसंख्यामा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ । डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्। बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसंख्यामा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ। एजेन्सीको अनुमान अनुसार चीनको दक्षिणपश्चिममा रहेको सिचुआन प्रान्त र राजधानी बेइजिङका आध...
साम करन बने आईपीएलको सबैभन्दा महँगो खेलाडी

साम करन बने आईपीएलको सबैभन्दा महँगो खेलाडी

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन्। २४ वर्षीय करनलाई शुक्रबार कोच्चिमा भएको लिलामीमा पञ्जाब किंग्सले १८.५० करोड भारुमा किनेको थियो । यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो। उनलाई १६.२५ करोडमा खरिद गरिएको थियो । क्यामरन ग्रीन (१७.५० करोड) ले पनि मोरिसको कीर्तिमानलाई पछाडि छोडेका छन् । यता निकोलस पूरन अहिलेसम्मकै सबैभन्दा महँगा विकेटकिपर बनेका छन् । उनलाई लखनउ सुपर जायन्ट्सले १६ करोडमा किनेको थियो । शुक्रबार दिउँसो २:३० बजे सुरु भएको लिलामी बेलुका ८:३० बजे अर्थात् ६ घण्टासम्म चलेको थियो। टोलीसँग कूल २०६.५ करोड भारतीय रुपैयाँ थियो र अधिकतम ८७ खेलाडीहरू किन्न सक्थे। तर, सबै १० टोलीले जम्मा १६७ करोड रुपैयाँ खर्च गरेर ८० खेलाडी किनेका छन्। लिलामीमा अलराउन्डरको उच्च ...