Monday, March 9
Shadow

समाचार

कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता

कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता

ब्यानर समाचार 2, समाचार
रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि १७ सदस्यि नगर कमिटी गठन गरिएको छ। उपाध्यक्षमा गीता उपाध्याय , रेनु ठाकुर , तुंग नाथ चौधरी सचिवमा अखिलेश्वर पाण्डेय  सहसचिवमा श्यामलाल पासी , कोषाध्यक्षमा आनन्द तुल्सयान सदस्यमा राम केवल यादव, भगौती कोहार लगायत सत्रा सदस्यि कमिटी गठन भएको छ।   प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया , राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, राम सेवक यादव, देवेन्द्र किरण श्रीवास्तव, कनिज फातिमा रंगरेज, जिल्ला उपाध्यक्ष इदरिस मुसलमान, आरती सिंह यादव, क्षेत्रीय उपाध्यक्ष प्रताप सिंह चौधरी, ३ ख अध्यक्ष सुरेंद्र प्रसाद मौर्य रहनुभयो । उक्त कार्य...
जनताकाे विश्वास जनतामाझ रहेर जीत्ने प्रयास गर्दैछु : नेता शाह

जनताकाे विश्वास जनतामाझ रहेर जीत्ने प्रयास गर्दैछु : नेता शाह

समाचार
कपिलवस्तु , मंशीर २७ नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र ३ का पुर्व सांसद अभिषेक प्रताप शाहले जनताकाे विश्वास जीत्ने प्रयास निरन्तर जनताकाबीच खटेर गरिरहेकाे बताउनुभएकाे छ । छाेराे नमामी शाहकाे जन्मदिवसकाे उपलब्ध शुभचिन्तकसंगकाे भलाकुसारीमा नेता शाहले नेपाली क्षेत्रीय समिति र जिल्ला समितिले सिफारिस नगरेपनि जनताकाे विश्वास म माथि नै रहेकाे बताउनुभयो । नेता शाहले २०७९ काे प्रतिनिधि सभा निर्वाचन हारेपनि म निरन्तर जनताकाे विश्वास जीत्ने प्रयास जारी राखेकाे बताए । अन्य नेताहरु निर्वाचनमा मात्रै देखिन्छन तर म सांसद हुंदा र नहुंदा पनि आफ्नै गाउंठाउं र क्षेत्रका समस्या समाधानतिर बढी केन्द्रित रहंदै आएकाे सर्वविद्धतै छ । नेपाली कांग्रेसकाे एउटा गुट छ जुन प्रभावशाली उम्मेदवारलाई पाखा लगाएर आफ्नाे वर्चस्व बनाउन खाेज्ने प्रयास गर्दै आएकाे छ तर पार्टीहित विपरित बदनियतले जनभावना अनुरुप निर्णय गर्न नस...
जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा अकरम पठान चयन 

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा अकरम पठान चयन 

समाचार
कपिलवस्तु, मंसिर २२ जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाको सिद्धार्थ रिसोर्ट  चन्द्रौटामा शनिवार भएको पार्टी पुनर्गठन कार्यक्रम द्उवारा उनी चयन भएका थिए । अकरम पठानको नेतृत्वमा ४९ सदस्यीय लुम्बिनी प्रदेश समितिको उपाध्यक्षमा नेत्रबहादुर थापा, मोहम्मद असलम अन्सारी र लालिमा मल्ल चयन भएका छन् । मुख्य सचिवमा विवेक चन्द्र मिश्र, सचिवमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद कादरीले जिम्मेवारी पाएको जसपाले जनाएको छ । नवनिर्वाचित अध्यक्ष अकरम पठानले युवा पुस्ताले चाहना गरेको सुशासन, पारदर्शिता र जबाफदेहिताको मूल्य बोधलाई आधार बनाएर सङ्गठनलाई नयाँ राजनीतिक दिशामा अघि बढाइने प्रतिबद्धता समेत जनाए । सहभागितामूलक निर्णय प्रक्रिया, डिजिटल पारदर्शिता र जनतासँग प्रत्यक्ष संवादमार्फत पार्टीलाई थप सशक्त बनाएर अगाडि...
दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

समाचार, स्वास्थ्य
कृष्णनगर, कपिलवस्तु , मंसिर २१ कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँतका अस्पताल सञ्चालनमा रहेको छ l दाँत एवम् मुख रोग सम्बन्धी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल श्री दाँत का अस्पतालका कुशल सञ्चालक एवं डा. हुन् l बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग विशेषज्ञ रहेका उहाँको अस्पताल नेपालको कृष्णनगर लिंकगेट बाट भारत जाँदा नेपाल रोड , कस्टम आफिस भन्दा पहिले, सेक्रेड हार्टस स्कुल नजिकै रहेको छ l श्री दाँत का अस्पतालमा दिनहुँ जसो नेपाल तथा भारतका दाँत एवम् मुख रोग बाट समस्यामा परेका मानिसहरू को निकै भिडभाड देखिनु र धेरै व्यक्ति को दाँत तथा मुख रोग को उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवा ग्राहीहरू  बताए  l श्री दाँत का अस्पतालमा बिग्रिएको दाँत सिधा गर्ने...
कृष्णानगरमा बहादुरगंज आंखा अस्पतालको नयां सेवा संचालन

कृष्णानगरमा बहादुरगंज आंखा अस्पतालको नयां सेवा संचालन

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु , मंसिर १९ नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगरपालिका–१, कृष्णनगर बजारमा नयाँ व्यवस्थापनसहित ‘आँखा उपचार तथा सर्जिकल सेवा केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ । स्थानीय तहमा सहज, गुणस्तरीय र सर्वसुलभ आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यही मंसिर २० गतेदेखि केन्द्रको नियमित सेवा प्रारम्भ हुने छन्द (काले बाबू) नारायणी आँखा अस्पताल, बहादुरगञ्जका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । सेवा प्रारम्भसम्बन्धी नेपाल नेत्रज्योति संघका आजीवन सदस्य नसरुल्लाह खान, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, अस्पताल प्रशासन प्रमुख डा.शमशेर थापा, वरिष्ठ प्रशासक जसराज विश्वकर्मा तथा सूचना अधिकृत बन्तुराम खड्काद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो । नवसञ्चालित सेवा केन्द्रमार्फत आँखा उपचार, परामर्श सेवा,...
प्रहरी हवलदार शान्ता खत्री राष्ट्रभरि सर्वोत्कृष्ट प्रहरीको दोस्रो स्थान 

प्रहरी हवलदार शान्ता खत्री राष्ट्रभरि सर्वोत्कृष्ट प्रहरीको दोस्रो स्थान 

समाचार
कपिलवस्तु, मंसिर १६   जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशभरका महिला प्रहरी मध्ये ‘सर्वोत्कृष्ट प्रहरी’घोषित भएकी छन्। दोस्रो स्थानमा प्रहरी चौकी बालकोट, अर्घाखाँचीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवलदार शान्ता खत्रीले देशभरी सर्वोत्कृष्ट महिला प्रहरीमा दोस्रो स्थान हासिल गर्न सफल भइन। हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत हवलदार जनतालाई सेवा देइरहेकी खत्री  लैंगिक हिंसा नियन्त्रण तथा पीडितमैत्री सेवा प्रवाहमा देखाएको समर्पणका आधारमा यो सम्मान पाएकी हुन्।लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत काठमाडौंमा आयोजित राष्ट्रिय समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले खत्रीलाई ३० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै सम्मानित गरेका थिए। गत आर्थ...
तार्केश्वर मेयर रनिङ सिल्ड प्रतियोगिता सुरु

तार्केश्वर मेयर रनिङ सिल्ड प्रतियोगिता सुरु

समाचार
काठमाडौं । तारकेश्वर नगरपालिकामा चौथो तार्केश्वर मेयर रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । कुल ११ खेल विधाको प्रतिस्पर्धा हुने प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। तार्केश्वर नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा फुटबल, कबड्डी, एथलेटिक्स, भलिबल, कराते, उसु, तेक्वान्दो, बास्केबटल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिसको प्रतिस्पर्धा हुँदैछन्। उक्त प्रतियोगिताको शनिबार तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्। ६४ विद्यालयका २ हजार ६ सय ८२ खेलाडी सहभागी छन्। समग्रमा टिम च्याम्पियनले एक लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० रुपैयाँ नगद पुरस्कार पाउने तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष एंव प्रतियोगिता सहसंयोजक विक्रम खड्गीले जानकारी दिए।...
खेल तारकेश्वरको : सन्देश एकताको

खेल तारकेश्वरको : सन्देश एकताको

ब्यानर समाचार 2, समाचार
मंसिर -१४ ,काठमाडौ “खेल तारकेश्वरको : सन्देश एकताको” भन्ने मुल नाराका तारकेश्वर नगरपालिकाको आयोजनामा आज मिति २०८२ मङ्सिर १३ गते देखि २० गते सम्म संचालन हुने चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता २०८२ को पहिलो दिन हिम रश्मि स्कुलको प्राङ्गणमा भलिबल खेलबाट शुरु गरिएको थियो | नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले रेफ्रीलाई बल दिई उद्घाटन गर्नु भएको आजको उद्घाटन खेल काभ्रेस्थली स्कुल र हिमरश्मि स्कुलबिच प्रतिस्पर्धा भएको थियो | नगर उप प्रमुख श्री सृजना बुर्लाकोटी अर्यालज्यू, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालज्यू, नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष राधाकृष्ण खड्गीज्यू लगायतको उपस्थिति रहेको थियो | भोलि १४ मङ्सिर बिहान ७ बजे ससस्त्र प्रहरी बल हलचोकको मैदानमा एथेलेटिक्स खेल हुनेछ |...
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान कृष्णानगरमा दिप प्रज्वलन गरि औपचारिक उद्घाटन

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान कृष्णानगरमा दिप प्रज्वलन गरि औपचारिक उद्घाटन

ब्यानर समाचार 2, समाचार
    अजय मिश्र, कृष्णनगर, मंसिर ९ कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । "प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं"भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा आशीष सामाजिक सेवा नेपाल , आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय,विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी पा...
आफन्त नेपालद्वारा विद्यालय–स्तरीय सचेतना अभियान, सयौँ विद्यार्थी लाभान्वित

आफन्त नेपालद्वारा विद्यालय–स्तरीय सचेतना अभियान, सयौँ विद्यार्थी लाभान्वित

ब्यानर समाचार 2, समाचार
  कृष्णानगर, मंसिर ४ मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था आफन्त नेपाल ले विद्यालय–स्तरीय सचेतना अभियानलाई व्यापक रुपमा संचालन गरिरहेको छ । संस्थाले जिल्लाका विभिन्न पालिका विद्यालयहरूमा विभिन्न सचेतनामूलक सत्र सञ्चालन गर्दै आइरहेको छ, जसका कारण सयौँ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। किशोरावस्थालाई जोखिमपूर्ण चरण मानिने भएकाले यस उमेर समूहका बालबालिकाले सही जानकारी, ज्ञान र पहिचान कौशल हासिल गर्न आवश्यक रहेको शाखा प्रमुख बिपना सुनार बताउँछिन्। उनका अनुसार पछिल्ला वर्षहरूमा किशोर–किशोरीहरूबीच अनियोजित यात्रा, मोबाइल तथा इन्टरनेटको गलत प्रयोग, झुटो रोजगारको प्रलोभन लगायत मुद्दा तीव्र रूपमा देखा परिरहेका छन्, जसले उनीहरूलाई मानव बेचबिखन र विभिन्न प्रकारका हिंसामा फसाउने जोखिम बढाएको छ। तौलिहवा, बुद्धभूमि र कृष्णनगरक...