Thursday, January 22
Shadow

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा अकरम पठान चयन 


  • -इ
  • इ+

कपिलवस्तु, मंसिर २२ जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाको सिद्धार्थ रिसोर्ट  चन्द्रौटामा शनिवार भएको पार्टी पुनर्गठन कार्यक्रम द्उवारा उनी चयन भएका थिए ।

अकरम पठानको नेतृत्वमा ४९ सदस्यीय लुम्बिनी प्रदेश समितिको उपाध्यक्षमा नेत्रबहादुर थापा, मोहम्मद असलम अन्सारी र लालिमा मल्ल चयन भएका छन् । मुख्य सचिवमा विवेक चन्द्र मिश्र, सचिवमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद कादरीले जिम्मेवारी पाएको जसपाले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष अकरम पठानले युवा पुस्ताले चाहना गरेको सुशासन, पारदर्शिता र जबाफदेहिताको मूल्य बोधलाई आधार बनाएर सङ्गठनलाई नयाँ राजनीतिक दिशामा अघि बढाइने प्रतिबद्धता समेत जनाए । सहभागितामूलक निर्णय प्रक्रिया, डिजिटल पारदर्शिता र जनतासँग प्रत्यक्ष संवादमार्फत पार्टीलाई थप सशक्त बनाएर अगाडि बढ्ने बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares