प्रेस चौतारी नेपाल कपिलवस्तुको पहिलो बैठक : शोक प्रस्ताव समेत पारित
हरि आचार्य, कपिलवस्तु
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा पहिलो बैठक सम्पन्न भएको हो । बैठकमा गत माघ १६ गते सम्पन्न जिल्लको ८ औं अधिवेशन लगायत अधिवेशन पछि अहिले सम्मको रिपोटिङ गर्नुका साथै अधिवेशन सफल पार्ने निवर्तमान कार्यसमिति तथा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ ।
बैठकले नेकपा (एमाले) राष्ट्रिय रुपमा ल्याएको जरा अभियान अन्तर्गत कपिलवस्तुमा उक्त अभियान सफल पार्नका लागि जिल्लाका सबै पालिकामा समाचारका लागि जिम्मेवारी बाँडफाँड समेत गरेको छ । त्यस्तै बैठकले संगठनका आगामी कार्ययोजना निर्माणका लागि अध्यक्ष बाबुराम रायमाझीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
बैठकले प्रेस चौतारी नेपाल कपिलवस्तुका सदस्य दुर्गा प्रसाद काफ्लेको निधन प्रति शोक प्रस्ताव पारित गर्नुका साथ...








