Tuesday, April 30
Shadow

समाचार

रााष्ट्रिय स्वतन्त्र पार्टी किस्पाङ सभापतिमा शिवप्रसाद भट्ट

रााष्ट्रिय स्वतन्त्र पार्टी किस्पाङ सभापतिमा शिवप्रसाद भट्ट

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
नुवाकोट,किस्पाङ १७ असार। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को किस्पाङ गाउँपालिका स्तरीय कार्यसमिति गठन गरिएको छ । शनिवार (हिजो) किस्पाङको काहुलेमा भएको आयोजित प्रथम पालिका भेलाले शिवप्रसाद भट्टको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । उक्त भेलाले उप–सभापतिमा सोमेश तामाङ, सचिवमा श्रद्धा ढुङ्गाना र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ । यस्तै,सदस्यहरुमा दोलानन्द अधिकारी, अकिल बहादुर तामाङ, बम बहादुर तामाङ र बिक्रम तामाङ चयन भएको रास्वपा नुवाकोटका उप–सभापतिमा लक्ष्मी पाण्डेले बताउनु भएको छ ।  ...
साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं, १७ असार । साताको पहिलो दिन अर्थात् आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा आज सुन र चाँदीकै मूल्य बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ । यस्तै, आज आइतबार तोलामा १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

मुख्य समाचार, राजनिती, समाचार
हेटौँडा,१७ असार । बागमती प्रदेशसभाको बैठक (आज) आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा भवन हेटौँडामा बस्न लागेको हो । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्ष २०८०–८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो ।...
आयो शान्ति श्रीस र प्रकाशको “गल्छी झरेसी” (भिडियो सहित)

आयो शान्ति श्रीस र प्रकाशको “गल्छी झरेसी” (भिडियो सहित)

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१७ असार । गायिका शान्ती श्रीस परियार र प्रकाश थापा को सुमधुर स्वरमा “गल्छी झरेसी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्ति श्रीस मगर युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको लय र शब्द सुरेश राना मगरको हो भने शेखर मगरले संगीत संयोजन गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड वन डिबी एच डि ( 1 DB HD) रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई बिमल ,बिनोदको रेकर्डिङ रहेको र एच बि एन किस्मतले मिक्सिङ्ग/ मास्टिरिङ्ग गरेका हुन् । सर्जुन राईको निर्देशन रहेको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल,समरिका ढकाल,गणेश मान घले,जोन बमले अभिनय गरेका छन् । बसन्त कुँवरको छायांकन रहेको म्यूजिक भिडियोमा सुदिप चौधरीको कोरियोग्राफर र सम्पादन मनोज कार्कीको रहेको छ । गायिका शान्ति श्रीसले  यसअघि  सांगीतिक कोसेलीका रुपमा “फूलजस्तै मेरो जोवन”,“जून तारा” ब...
प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयक २०८० माथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयक २०८० माथि छलफल हुने

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं ,असार १७ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार (आज ) बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसै विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै

आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै

खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ,असार १७ । आईसीसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले आज प्लेअफमा यूएईसँग खेल्दै छ । आइतबार दिउँसो पौने १ बजे खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा सुरु हुँदै छ । आजको स्पर्धाका विजेताले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ । नेपाल र यूएईबीच अहिलेसम्म १४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । नेपालले आठ वटा जित निकाल्दा यूएई ६ वटा खेलमा विजयी भएको छ ।...
पाण्डे निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्ष सर्वसम्मत

पाण्डे निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्ष सर्वसम्मत

मुख्य समाचार, शिक्षा, समाचार
कपिलवस्तु,असार १७ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सि.टि.ई.भी.टी.) अन्तर्गत निजि स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजि प्राबिधिक शिक्षालय महासङ्घको ८औं महाधिवेशन सम्पन्न भएको छ । महासंघको राष्ट्रिय अधिवेशनबाट अरुण कुमार पाण्डे सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको अधिवेशनले शिक्षासेवी पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । १७ सदस्यीय समितिमा बरिस्ठ उपाध्यक्षराम प्रसाद पौडेल, कोशी प्रदेश अध्यक्ष भगवान झा, मधेस प्रदेश अध्यक्ष रामेश्वर नारायण झा, बागमती प्रदेश अध्यक्ष रमेश कुँवर, गण्डकी प्रदेश अध्यक्ष चन्दन बाबू खत्री, लुम्बिनी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, कर्णाली प्रदेश अध्यक्ष दुर्गा भण्डारी, सुदुर पश्चिम अध्यक्ष किशोर पान्डे रहेका छन् । त्यसैगरी महासचिव भुवन चक्र जोशी, सचीव ध्रुब शर्मा, कोषाध्यक्ष दोर्ण ओलि सदस्यहरु सिन्धु मल्ल, सु...
भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा

भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ,असार १७ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा कुवेत र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । गएराति (शनिबार) भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो । निर्धारित समय र थप गरिएको समयको खेल गोलरहित बराबरीमा टुंगीएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गर्यो । उता बंगलादेशलाई १–० ले हराउँदै कुवेत यस अघिनै फाइनल प्रवेश गरिसकेको छ । साविक उपविजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो । फाइनल खेल मंगलबार हुनेछ।...
आजको मौसम: आज देशभर मेघ-गर्जन,चट्याङसहित पानी पर्ने

आजको मौसम: आज देशभर मेघ-गर्जन,चट्याङसहित पानी पर्ने

मुख्य समाचार, मौसम, समाचार
काठमाडौं ,असार १७ । जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूम...
आज आइतवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज आइतवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार असार १७ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४७ पैसा र बिक्री दर १६६ रुपैयाँ २३ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७४ पैसा र बिक्री दर ८७ रुपैयाँ १४ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २६ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०५ पैसा र बिक्री दर ०९ रुपैयाँ ०९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०३ पैसा र ...