Tuesday, April 30
Shadow

समाचार

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्न

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाडौ,माघ २५ नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्नभएको छ । जिल्ला अध्यक्ष राम चन्द्र परियारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ , विशिष्ट अतिथि पुतलीबजार नगर पालिका प्रमुख सिमा कुमारी क्षेत्री , उपप्रमुख महेश पुरी , महासंघ विशिष्ट सदस्य नरेन्द्र मित्रकोटी, अतिथि गण्डकी प्रदेश संयोजक किशन सेवा महासंघ सदस्य कृष्णा अधिकारी , सोम गौतम , गण्डकी प्रदेश आर्थिक प्रमुख चीन बहादुर परियार , पत्रकार महासंघ जिल्ला अध्यक्ष , उध्योग बाणिज्य संघ सचीव , सुनचाँदी ब्यवसायी संघ जिल्ला अध्यक्ष , तनहुँ जिल्ला अध्यक्ष हरि परियार लगायत अतिथिहरुको बिशेष उपस्थिति रहेको थियो। जिल्लाका विभिन्न नगर र गाउँपालिका बाट प्रतिनिधित्व रहेको अधिबेशनको बन्दसत्र बाट सर्वसम्मतरुपमा राम चन्द्र परियारको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति...
पछिल्लो २४ घण्टामा ११९ संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११९ संक्रमित थपिए, २ जनाको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ १५ पछिल्लो २४ घण्टामा नेपालमा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार २ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा १ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९३ हजार ४ सय १७ पुगेको छ। गत २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ३८ पुगेको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ६० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ६७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र ११ ...
प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ १५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले २८ माघमा काठमाडौँमा प्रतिनिधि सभा विघटनको विरुद्ध प्रदर्शन गर्ने भएको छ । आइतबार सो समूहले नेकपाको आधिकारिक फेसबुक पेज मार्फत २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न सम्पूर्णलाई अपिल गरेको हो । केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन हुनेछ । नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन् । सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए । यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध स...
सोमबारदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइने

सोमबारदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइने

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ १५ सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरेको हो। मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीहरुले तोकिएको अस्पतालमा सोमबार देखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन्। पत्रकारका लागि मिनभवनस्थित सिभिल अस्पताल, युएनका लागि पाटन अस्पताल, दुतावास र कुटनीतिक नियोगका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल वा गंगालाल अस्पताल तोकिएको छ। खोप लगाउनका लागि पत्रकारहरुले सूचना विभागको प्रेस पास देखाउनु पर्नेछ। खोप विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ।...
सकियो पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान , कतिले लगाए अहिलेसम्म ?

सकियो पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान , कतिले लगाए अहिलेसम्म ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २४ । नेपालमा पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९०)विरुद्धको खोप अभियान सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पहिलो चरणको खोप अभियान समाप्त हुँदा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् । जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले खोप अभियान सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले पहिलो चरणको खोप अभियानमा अवाञ्छित घटना नभएको दाबी गरेका छन् । माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबार सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यसको सुभारम्भ गरेका थिए । नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेक...
अब तपाईको आफ्नै शहर कृष्णनगरमा कंक्रीट उद्योग न्यू महावीर ट्रेडिंग कन्सर्न

अब तपाईको आफ्नै शहर कृष्णनगरमा कंक्रीट उद्योग न्यू महावीर ट्रेडिंग कन्सर्न

समाचार, समाज
कृष्णनगर, माघ २४। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ सिमेंट र बालुवा बाट तयार गरिएको होलो ब्लाक इटको बिक्री वितरण न्यू महावीर ट्रेडिंग कन्सर्नले सुरू गरेको छ । घर बनाउन बाउन्ड्री गर्न उपयुक्त, ५.५ इट्टा बराबर भएको, जोडाइमा सिमेंट बालुवाको साट्ठी प्रतिशत भन्दा बढी बचत, लेबर खर्च कम, वातावरण मैत्री, अत्याधिक टिकाउ, छिटो छरितो रूपमा निर्माण सम्पन्न, राम्रो इन्सुलेशन गुण भएको होलो ब्लाक को विशेषता रहेको न्यू महावीर ट्रेडिंग कन्सर्नका प्रो। राहुल पाण्डेयले जानकारी दिए । कंक्रीट बाट तयार हुने होलो ब्लाक को बिक्री वितरण सुरु भै सकेको तथा खुद्रा तथा होलसेलमा समेत सुपथ मुल्यमा पाइने कुरा बताउदै अब आफ्नै सहरमा भएपछि ग्रहकहरु अन्त जानु पर्ने आवस्यकता नरहेको जिक्र गर्दै होलो ब्लाक को उत्पादनमा दिनानुदिन वृद्धि गर्ने राहुल पाण्डेय ले बताए। साथै जसलाई आवस्यकता छ उहाँहरू निम्न मोबाइल...
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
सुनसरी , माघ २४ । धरान सडकखण्डको इटहरी–२ पीपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । मोटरसाइकल चालक उदयपुर रूपाटार–२ घर भई इटहरी–८ बस्ने ५० वर्षीय नरजंग मल्ल र उनका बुबा ८२ वर्षीय कुवेरबहादुरको मृत्यु भएको हो । शुक्रबार दिउँसो धरानबाट जाँदै गरेको प्रदेश मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवैलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।...
गोरखामा भारी हिमपात :  जनजीवन प्रभावित, कृषक भने उत्साहित

गोरखामा भारी हिमपात : जनजीवन प्रभावित, कृषक भने उत्साहित

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
गोरखा, माघ २४ । उत्तरी गोरखामा गए रातिदेखि वर्षातसँगै भारी हिमपात भएको छ ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात र हिमपात शुरु भएको हो । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूनावस्ती हिउँले ढाकिएको छ । सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामा गाउँ लगायत क्षेत्र हिउँले ढाकिएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेका छन् । वृद्धवृदा र बालबालिकालाई बढी समस्या भएको साम्दोका स्थानीयवासी दोर्जे लामाले जानकारी दिए । उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिले पनि हिमपात भइरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । “लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा भारी हिमपात भइरहेको छ”, उनले भने, “हिजो अबेरसम्ममा फिलिमपारी रहेको पाङसिङ माथिको डाडाँसम्म ...
बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या, बुवा फरार

बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या, बुवा फरार

ब्यानर समाचार, समाचार
काठमाडौं, माघ २४ । बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीमाथि गोली हानी हत्या गरेका छन् । पुर्चौंडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् । छोरीलाई गोली हानेर महरा जंगलतिर भागेका पुरघाट प्रहरीचौकीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको पुरघाट प्रहरीचौकीले बताएको छ । विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसीरहेकी र शनिबार बुबाले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।...
काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित, मागसहित आए सडकमा

काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित, मागसहित आए सडकमा

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २४ । विभिन्न माग राख्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन । शनिबार उनीहरुले आफ्ना ट्याक्सीसहित प्रदर्शन गरेका हुन् । ट्याक्सी व्यवसायीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्याक्सीसहित माइतीघरमा भेला भएका थिए । वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, बन्द, हड्तालको नाममा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्नेलगायतका मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउन प्रर्दशन गरेको जनाएका छन् । प्रदर्शनमा सहभागी ट्याक्सीचालकहरुले ‘ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गर’, ‘राजनीतिक हस्तक्षेप बन्द गर’, ‘ट्याक्सी व्यवसासीको लगानी सुरक्षित गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।...