Wednesday, July 1
Shadow

समाचार

वीरगंजबाट हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

वीरगंजबाट हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन १४ । वीरगंजबाट ७ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी थाना वडा नम्बर २५ बस्ने वर्ष ४० का सन्जय गुप्ताल र सोही स्थान बस्ने वर्ष ३७ का विनोद कुमार रहेका छन्। पर्सा प्रहरीले उनीहरुलाई वीरगंज(१६ रजतजयन्ती चोकबाट चेकिङको क्रममा पक्राउ गरेको हो। भारतीय बीआर ०५ एडी ५८६९ नम्बरको मोटरसाइकलबाट आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पर्सा जिल्ला अदालतबाट बैंक तथा वित्तीय सम्बन्धी ऐन २०७३ बमोजिम ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पछिल्लो पटक भारतबाट ठूलो परिमाणमा हुन्डीको नेपाली रुपैयाँ भित्रिन थालेको छ।...
मन्त्रिपरिषद्‌द्वारा फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्‌द्वारा फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४ । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । उनका अनुसार बैठकमा मन्त्रालयगत नियमित एजेन्डाहरुमा पनि छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनस्स्थापना गरेको थियो । सर्वोच्चले १३ दि...
आज ११२ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज, ४ संक्रमितको मृत्यु

आज ११२ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज, ४ संक्रमितको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ । पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार २७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। नेपालमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७७१ पुगेको मन्त्रालयले जनाएको छ ।...
५२ जना उपसचिव र सहसचिवसहित केही जिल्लाका सिडिओ समेत फेरिए

५२ जना उपसचिव र सहसचिवसहित केही जिल्लाका सिडिओ समेत फेरिए

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन १४ गृह मन्त्रालयले ५२ जना उपसचिव तथा सहसचिवको सरुवा गरेको छ। शुक्रवार गृहमन्त्री स्तरको बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि अन्यको पदस्थापन तथा सरुवा गरेको हो। पाल्पा, सिन्धुली,महोत्तरी, सुनसरी, सप्तरी, दोलखा, म्याग्दी, लगायत जिल्लाका सिडिओ फेरिएका छन्। योगेन्द्र प्रसाद पाण्डेको जिल्ला प्रशासन कार्यालय, पाल्पामा सुरुवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सुरेश न्यौपानेलाई पठाइएको छ। त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन प्रमुखमा अरुण पोखरेललाई पदस्थापन गरिएको छ।...
नेकपा संसदीय दलको प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराई नियुक्त

नेकपा संसदीय दलको प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराई नियुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन १४ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । उनको ठाउँमा विशाल भट्टराई नियुक्त भएका छन् । भट्टराई खोटाङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद समेत हुन् ।
काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १२ हजारभन्दा धेरै कुखुरा नष्ट

काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १२ हजारभन्दा धेरै कुखुरा नष्ट

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ । नगरपालिकाको वडा नम्बर १ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो । बर्डफ्लू पुष्टि भएपछि त्यहाँ बिहीबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिए । ‘अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको छ,’ उनले भने, ‘केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं ।’ यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो । केहि साताअघि मात्रै सुर्खेतमा पनि बर्डफ्लूको सङ्क्रमण देखिएको थियो ।...
दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

ब्यानर समाचार, समाचार
काठमाडौंं, फागुन १४। कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ६१८ जना मृतक थपिएको जानकारी दिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९क्राइसिस म्यानेजमेन्ट सेन्टर० कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले क्राइसिस म्यानेजमेन्ट सेन्टर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिसमा बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी दिए । उनले केही संख्या अझै प्रमाणित हुन बाँकी रहेकोले थप बढ्न सक्ने ...
बिरामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

बिरामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १४ । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ । यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।...
आज २०७७ फागुन १४ गते शुक्रबारको राशिफल

आज २०७७ फागुन १४ गते शुक्रबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तसङ्ग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार...
मेलम्ची परीक्षण : सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

मेलम्ची परीक्षण : सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १३ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६।५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिए । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बि...