Sunday, May 12
Shadow

राजनिती

नेकपा बैठक सकियो, १० दिनपछि पुनः बस्ने

नेकपा बैठक सकियो, १० दिनपछि पुनः बस्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, कार्तिक ३ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि पुन बस्नेगरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

जिवनसैली, ब्यानर समाचार, राजनिती, समाज, स्थानिय तह, स्वास्थ्य
दिपेश न्यौपाने/काठमाण्डौँ, कार्तिक २८ नेपाल सरकारले २०६२ जेष्ठ २२ गतेका दिन देखि त्यहाँका जनतालाई विकास निमार्णको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ । काठमाडौं उपत्यकाबाट १५ किलोमिटर भित्र रहेको सिसडोल फोहोर व्यवस्थापन सँगै विकासको आशामा लड्डु सँग साटीएको थियोे । नेपाल सरकारले यसै मंसिर अन्तिमसम्म नयाँ साइड बन्चरे डाँडामा फोहोर विसर्जन गर्ने गरि तयारी गर्न आग्रह गरेको छ। विगत १६ बर्ष देखि ककनी गा पा वडा नं १,२ र ३ साथै धुनिबेसी नगरपालिका वडा नं २ र ३ मा पनि फोहोर प्रत्येक्ष असर परिरहेको त्यहाँका स्थानीयवासीले बताएका छन्। विकास बाट ओझेलमा परेको दक्षिणि ककनी गाउँपालिकामा फोहोर विसर्जन सगै विकासको गति लिने आशावादी बनेका जनता हाल सम्म पनि निराशाजनक अवस्थामा छन् । १६ बर्ष पहिले त्यहाँका बुद्धिजीवी, समाजसेवी, शिक्षक ,बिद्यार्थी लगायतको ताली सहितको उपस्थितिमा फोहोर विसर्जन गरिएको थियो ...
बिना दर्ता सञ्‍चालित क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

बिना दर्ता सञ्‍चालित क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २५ सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव सम्मिलित संयुक्त बैठकले बिना दर्ता सञ्‍चालित सबै क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । आआफ्ना जिल्लाभित्र ढुंगा, गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्‍चालनमा रहेको, मापदण्डअनुसार भए/नभएको, सरकारलाई राजस्व बुझाए/नबुझाएको र दर्ता भए/नभएको एकीन विवरण ७ दिनभित्र पेस गर्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअहरुलाई निर्देशन दिएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन...
चौतर्फी दबाबपछि कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

चौतर्फी दबाबपछि कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २५ चौतर्फी दबाब र आलोचना बढेपछि सरकारले कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश दिएपछि स्वास्थ्य मन्त्रालयले नि:शुल्क परीक्षण गर्नेबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै सरकारले परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्चले नि:शुल्क परीक्षण र उपचार गर्न आदेश दिए पनि सरकारले सबै नागरिकको नि:शुल्क परीक्षण र उपचार गर्न नसक्ने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो । सर्वोच्चले पुनरावलोकन नहुने आदेश सुनाएपछि परीक्षण र उपचार नि:शुल्क गर्न सरकार बाध्य भएको हो । त्यस्तै, मन्त्रिपरिषद् बैठकले कोरो...
गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २४ गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा सभामुख अग्नीप्रसाद सापकोटाले सिमाबिद बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट विभूषित गरेका छन् । कार्यक्रममा सामजिक दुरि कायम गर्दै पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरिएको थियो । गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ती प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा लौह पुरुष गणेशमान सिंहको योगदानको चर्चा गरिएको थियो ।  ...
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, कार्तिक २१ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच सदिऔँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । गएको बुधवार नेपाल आउनुभएका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गनु भएको थियो । तीन दिने नेपाल भ्रमणमा रहनुभएका नरवणे शुक्रबार नै स्वदेश फर्कनु हुनेछ ।...
कुनै हालतमा राजीनामा दिन्न : प्रधानमन्त्री ओली

कुनै हालतमा राजीनामा दिन्न : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, कार्तिक १९ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् । केही सञ्चारमाध्यममा राजीनामा दिन पर्यो भनेर हल्ला फैलिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले आफुले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान धकेल्नु हो भने । उनले जनताको आवश्यकता र समर्थनले आफु प्रधानमन्त्री भएको भन्दै कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारे । अस्थिरताको खेती गर्नेहरुले सरकारको जेमा पनि आलोचना गर्ने गरेको भन्दै देशको स्थिरताका लागि आफुले काम गरेको दावी गरे ।...
एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १८ कोरोना बिमाको दाबी भुक्तानीमा भइरहेको ढिलाइबारे अर्थमन्त्री विष्णु पौडेलले चासो लिनुभएको छ । मन्त्री पौडेलले मंगलबार सरोकारवालाहरुलाई बोलाएर बिमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कोरोना पोजिटिभ प्रमाणित भएको अवस्थामा बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम एक साताभित्र भुक्तानी गर्ने निर्णय भएको छ । त्यसको अनुगमन र समन्वय बिमा समितिले गर्नेछ । कोरोना बिमा दाबी भुक्तानीमा आएका गुनासो सम्बोधन गर्न हेल्प डेस्क सञ्चालन गर्ने पनि निर्णय भएको छ । बैठकमा अर्थमन्त्रीका सचिवहरु, बिमा समितिका अध्यक्ष, नेपाल बिमक संघका अध्यक्षलगायतको उपस्थिति थियो ।...
बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन् । ६ कार्तिकमा कोरोना पुष्टिपछि काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल उपचाररत थिए । १५ कार्तिकमा धुलिखेलस्थित प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज आइतबार दिउँसो उनी डिस्चार्ज भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सँगै कोरोना पुष्टि भएको मुख्यमन्त्री पौडेलकी पत्नी विजयाको पुनः परीक्षणको रिपोर्ट पोजेटिभ नै आएपछि उनीहरु दुबै जना ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् । ७४ बर्षीय मुख्यमन्त्री पौडेल १० दिनमै कोरोनामुक्त भए पनि उनकी पत्नीको रिपोर्ट पोजेटिभ आएका कारण सरकारी निवासको आइसोलेसनमा राखिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए । हाल मुख्यमन्त्री र उनकी पत्नीक...
सामाजिक सञ्जाललाई शिष्ट बनाउन राष्ट्रपति कार्यालयको आग्रह

सामाजिक सञ्जाललाई शिष्ट बनाउन राष्ट्रपति कार्यालयको आग्रह

ब्यानर समाचार, राजनिती, सुचना प्रविधि
  काठमाण्डौँ, कार्तिक ११ राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ। कुनै सन्दर्भ उल्लेख नगरी राष्ट्रपति कार्यालयले यस्तो आग्रह गर्दै ट्विट गरेको हो। 'कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर अनुरोध छ। सामाजिक सञ्जाललाई शिष्ट र मार्यादित राख्न हामी सबैको भूमिका रहन्छ। हरेक विषयलाई राजनीतिको आँखाबाट मात्र नहेरिदिन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं,' कार्यालयले भनेको छ।...