आमाको खुट्टा मुनि स्वर्ग छ :- मौलाना मशहूद
- अजय मिश्र , कृष्णनगर, मंसिर ९
कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ ।
लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐकेबद्धता राष्ट्रीय नाराका साथ
कृष्णनगर नगरपालिकाको आयोजना गरिएको कार्यक्रममा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, आशिष सामाजिक सेवा नेपाल , नेपाल प्रहरी, सशस्त्र प्रहरी,
लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि चौधरी द्वारा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, हरिपाल चतुर्वेदी, लुम्बिनी प्रदेश मदरसा बोर्ड...









