Wednesday, September 11
Shadow

शैक्षिक गुणस्तर बढाउन बृहत छलफल


  • -इ
  • इ+

 

– अजय मिश्र 

कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा शैक्षिक गुणस्तर बढाउन बृहत छलफल गरिएको छ । शिक्षाको समस्यालाई पहिचान गरी कसरी शिक्षाको गुणस्तर बढाउन सकिन्छ ? भन्ने बारेमा आगामी दिनमा अभियान सञ्चालन गर्ने लौटन राम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरका अध्यक्ष दिनेश कुमार चौधरीले जानकारी दिनुभयो । सोही वडाका वडा अध्यक्ष समेत रहेका चौधरीले गुणस्तरीय शिक्षाको लागि गणेशपुरमा अवस्थित लौटन राम द्रोपदी देवी माविमा स्वर्ण जयन्तीको अवसरमा महायज्ञ लगाउने तयारी गरिएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरीले गुणस्तरीय शिक्षाको लागि शुक्रबार सरोकारवालाहरुबाट सल्लाह सुभावहरु संकलन गरिएको बताउनुभयो । उहाँले शिक्षालाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न र शिक्षाको गुणस्तर बढाउन विद्यालयमा महायज्ञ लगाउने तयारीको लागि सरोकारवालासँग बृहत छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares