Friday, March 13
Shadow

ब्यानर समाचार

नेपालमा थप २८२५ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २८२५ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ। आज १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। आज सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ।...
बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन् । ६ कार्तिकमा कोरोना पुष्टिपछि काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल उपचाररत थिए । १५ कार्तिकमा धुलिखेलस्थित प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज आइतबार दिउँसो उनी डिस्चार्ज भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सँगै कोरोना पुष्टि भएको मुख्यमन्त्री पौडेलकी पत्नी विजयाको पुनः परीक्षणको रिपोर्ट पोजेटिभ नै आएपछि उनीहरु दुबै जना ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् । ७४ बर्षीय मुख्यमन्त्री पौडेल १० दिनमै कोरोनामुक्त भए पनि उनकी पत्नीको रिपोर्ट पोजेटिभ आएका कारण सरकारी निवासको आइसोलेसनमा राखिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए । हाल मुख्यमन्त्री र उनकी पत्नीक...
कोरोनाले नेपालमा चार पत्रकारको मृत्यु, चार सय संक्रमित

कोरोनाले नेपालमा चार पत्रकारको मृत्यु, चार सय संक्रमित

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ। नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार चार पत्रकारको मृत्यु भएको छ भने अहिलेसम्म चार सय भन्दा बढी पत्रकार संक्रमित भइसकेका छन्। उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क पिसिआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचारमा उचित व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ। ‘मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पिसिआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ,’ महासंघका महासचिव रमेश विष्टले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।...
एक महिनामा ल्याण्डफिल्ड साइटको काम सक्न सहरी विकास मन्त्री श्रेष्ठको निर्देशन

एक महिनामा ल्याण्डफिल्ड साइटको काम सक्न सहरी विकास मन्त्री श्रेष्ठको निर्देशन

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज
  काठमाण्डौँ, कार्तिक १५ सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिना भित्रमा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न मिल्ने गरी काम गर्न निर्देशन दिएका छन्। शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार मन्त्री श्रेष्ठ बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका थिए। हाल फोहोर फालिंदै आएको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न गएका थिए। पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिंदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्ने गरी काम सक्न निर्देशन दिएका हुन्। लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको बताएका थिए। ‘तपाइँ...
नेपालमा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १५ पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।...
३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण

३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १४ तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् । सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, भौत्तिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल छन् । तीनै जना मन्त्री अहिले भने कोरोना मुक्त भइसकेका छन् । संघीय संसद सचिवालयका अनुसार एक जना सांसद अस्पतालमा उपचाररत छन । ६ जना कोरोना निको हुने क्रममा छन् । बाँकी १५ जना सांसद पनि कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।...
देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १४ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ। पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।...
बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, कार्तिक १४ म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जीप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो। दुर्घटनामा घाइते भएकाहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ।...
क्लिनफिड लागू हुँदा उपभोक्तालाई हैरानी

क्लिनफिड लागू हुँदा उपभोक्तालाई हैरानी

आर्थिक, जिवनसैली, ब्यानर समाचार, मनोरञ्जन, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक १४ सरकारले गत शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले गर्ने विज्ञापन प्रसारण रोक्ने व्यवस्था (क्लिन फिड) नीति लागू गरे पनि यसबाट आम उपभोक्ता प्रभावित बनेका छन् । एक वर्षअघि नै ऐन पारित भइ क्लिन फिड लागू गर्ने मिति तय भइसके पनि सेवा प्रदायकले पर्याप्त तयारी नगर्दा उपभोक्ताले अग्रिम शुल्क तिरेर पनि विभिन्न च्यानल हेर्न पाएका छैनन् । खासगरी इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्ने ठूलो संख्याका दर्शक यसबाट प्रभावित बनेका छन् । गत वर्षको कात्तिकबाटै क्लिन फिड लागू गर्न भन्दै एक वर्षको समय दिए पनि पर्याप्त तयारी हुन नसक्दा उपभोक्ता भने मारमा परेका छन् । नेपालमा यसअघि प्रसारण भइरहेका झण्डै तीन दर्जन विदेशी टेलिभिजन च्यानल प्रभावित भएका छन् भने ती च्यानलका लाागि पैसा तिरेका ग्राहक मारमा परेका छन् । क्लिन फिड कार्यान्वयनका लागि डाउनलिंक अनुमति पाएका संस्थाले गर...
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

जिवनसैली, ब्यानर समाचार, समाज
काठमाण्डौँ, कार्तिक ११ आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन । नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ । कोरोनाकै कारण यस वर्ष दशैँ मनाउन राजधानी बाहिर जाने पनि कम नै देखिए । सडकमा विगत वर्षका जति स...