Tuesday, June 2
Shadow

ब्यानर समाचार 2

सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताउनुभयो । ...
जीप दुर्घटनामा तीन जनाको मृत्यु

जीप दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना भएको हो । प्यूठान नगरपालिका–१ खैराको पूर्णिमा मेला हेर्न गएका यात्रु बोकी प्यूठान नगरपालिका–५ पातलकटेरीतर्फ गइरहेको लु१ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पतलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती, ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको वडासदस्य चूडामणि थापाले जानकारी दिनुभयो । उक्त घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिनुभयो । स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो । जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक विनोद केएम फरार छन् । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको ...
सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल अमेरिकन फोटोग्राफर किटी पवलोस्की

सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल अमेरिकन फोटोग्राफर किटी पवलोस्की

ब्यानर समाचार 2, समाचार
  अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल भएकी छिन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेको बताएकी छिन् । उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्। निकै साहासी फोटोपत्रकारपवलोस्कीले ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको वेभसाइटमा जनाएकी छिन् । तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पार्दा मौसम असाध्यै अप्रत्यासित रहेको उनल बताएकी छिन् । उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो भन्ने आँटले यो काम गर्न सफल भएको बताउँदै हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन्।...
आज ५:११ देखि खग्रास चन्द्रग्रहण

आज ५:११ देखि खग्रास चन्द्रग्रहण

ब्यानर समाचार 2, समाचार
कार्तिक शुक्ल पूर्णिमामा आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बेलुकी ०५ : ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ : १३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ । बेलुकी ०५ :२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । ग्रहणको सुतक बार्नेले आज बिहान ०८ : ११ बजेदेखि भोजन गर...
परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।...
क्षेत्रभन्दा वाहिरका वाईसीएललाई ल्याएर सडकमा कांग्रेसको झण्डा बोकाएर निर्वाचन जितिन्छ र कमरेड !

क्षेत्रभन्दा वाहिरका वाईसीएललाई ल्याएर सडकमा कांग्रेसको झण्डा बोकाएर निर्वाचन जितिन्छ र कमरेड !

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
लेखक -  माधव तिमल्सिना ‘ए माधव ! कांग्रेस भएर तैले किन सत्तारुढ गठबन्धनको विरोध गरेको ? काठमाडौं २ की ओनसरी घर्ती र काठमाडौं ७ की मानुषी यमी भट्टराईका विरुद्ध बढी नै पूर्वाग्रह किन साँधेको ?’ आजभोलि धेरैले मलाई यो प्रश्न गर्छन । सबैलाई के स्पष्ट पारौं भने म सत्तारुढ गठबन्धनको विरोधी होइन । लोकतन्त्र, शान्ति र समृद्धिको लागि यो गठबन्धन जरुरी थियो र छ । २०७४ सालमै माओवादी एमालेसँग मिलेर कांग्रेसलाई कमजोर बनाउँदा देशले क्षति ब्यहोरेकै हो । प्रचण्ड, डा. बाबुराम भट्टराईसहितका माओवादीका शीर्ष नेताले धोका नदिएको भए नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला देशको पहिलो निर्वाचित राष्ट्रपति हुनु हुने थियो । त्यो पदका लागि त्यतिवेला उहाँको मात्र हक थियो । यदि उहाँ राष्ट्रपति भएको भए पहिलो संविधानसभाबाट संविधान बन्थ्यो । संविधान सभा विघट...
चुनावमा सुरक्षा व्यवस्था मजबुत बनाउन महानिरीक्षक सिंहको निर्देशन

चुनावमा सुरक्षा व्यवस्था मजबुत बनाउन महानिरीक्षक सिंहको निर्देशन

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिनुभएको हो । “हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ”, उहाँले भन्नुभयो । प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पु¥याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो । उहाँले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएकाले निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशनसमेत दिनुभयो । उहा...
आज गुरुनानक जयन्ती

आज गुरुनानक जयन्ती

ब्यानर समाचार 2
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मना...