Saturday, May 4
Shadow

चार किलो बढी लागु औषध चरेस सहित एक महिला पक्राउ


  • -इ
  • इ+

कपिलवस्तु ,माघ २१

जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले कृष्णनगर बजारबाट प्युठान जिल्लाको गौमुखी गाउपालिका वडा नं ३ बस्ने ३८ बर्षीया बासु घर्ती मगरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

उक्त लागु औषध रुकुम पुर्वबाट भारत तर्फ लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलिले चेकजाँच गर्ने क्रममा महिलालाई ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित कृष्णनगर बजारबाट पक्राउ गरिएको छ ।
प्रहरी टोलिले शंका लागेपछि भारत तर्फ जाँदै गरेकी महिलाले बोकेको झोला चेकजाँच गर्दा प्लास्टिकमा पोको पारेर राखेको (९ नौ) पोका चरेस बरामद गरिएको थियो । घटना बारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares