Saturday, May 2
Shadow

अन्तर्राष्ट्रिय

भारतको तमिलनाडुमा पटाका उद्योगमा आगलागी : १९ जनाको मृत्यु

भारतको तमिलनाडुमा पटाका उद्योगमा आगलागी : १९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १ । भारतको तमिलनाडुमा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताए । उनका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो । कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्चार माध्यमहरुले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भईरहेको बताएको छ । प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख ...
कोरोना भाइरस: विश्वभर ८ करोड ८ लाखभन्दा बढी संक्रमित निको भए, मृत्यु कति ?

कोरोना भाइरस: विश्वभर ८ करोड ८ लाखभन्दा बढी संक्रमित निको भए, मृत्यु कति ?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, फागुन १ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ८७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख २० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ८७ लाख ९ हजार ४१ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ६ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ९७ हजार ६६५ जना निको भएका छन् । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५४ लाख ४७ हजार १३६ छ । यसमध्ये ९९ हजार ४३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ९२ हजार ४७९ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ९२ हजार ४१९ जनाको मृत्यु भएक...
अमेरिकाले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि लगायो प्रतिबन्ध

अमेरिकाले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि लगायो प्रतिबन्ध

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २९ । अमेरिकाले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जो बाइडनले सैनिक नेतामाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुनेछ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ । कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो । मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् ।नेत्री आङ सान ...
विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं , माघ २९ । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० हजार ७०२ जनाको मृत्यु भएको छ ।...
कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने !

कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौं , माघ २९ । कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आए पनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि)ले फाइजर बायोनटेक वा मोडर्ना खोपको दुवै डोज पूरा गरेको १४ दिन पछि संक्रमितको सम्पर्कमा पुगे पनि क्वारेन्टिनमा बस्न नपर्ने जनाएको हो । खोपको दोश्रो डोज लिएको १४ दिनमा बल्ल पूर्ण रुपमा रोग प्रतिरोधी क्षमता बन्ने भएकाले यो अवधि पूरा गरेकालाई खोप पूरा गरेका मानिएको हो । यसको मतलब उसले अन्य सुरक्षा सावधानी अपनाउनु नपर्ने भने होइन । तर कतै संक्रमितको सम्पर्कमा आउने वित्तिकै क्वारेन्टिन मै बसिहाल्न भने जरुरी नरहेको केन्द्रको पछिल्लो निर्देशिकामा जनाइएको छ । खोपले कहिलेसम्म जोगाउँछ भन्ने अझै स्पष्ट नभैसकेकाले खोप पूरा गरेको ३ महिना पुगेकाहरुले भने संक्रमितको सम्पर्कमा आए फेरि क्वारेन्टि...
मोरक्कोमा भिषण बाढीः २४ जनाको मृत्यु

मोरक्कोमा भिषण बाढीः २४ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं , माघ २७ । मोरक्कोमा अविरल वर्षापछि आएको भिषण बाढीमा परि कम्तिमा २४ जनाको मृत्यु भएको छ । मोरक्कोको उत्तरमा पर्ने तान्गिरमा हिजो आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । १० जनालाई घटनास्थलबाट उद्धार गरिएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारीरहेको बताइएको छ ।...
भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता

भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, माघ २६ । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ । अन्य २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तीब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तीब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए । बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदूर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरु...
कोरोना महामारीः विश्वभर ७ करोड ७६ लाखले जिते , मृत्यु कति ?

कोरोना महामारीः विश्वभर ७ करोड ७६ लाखले जिते , मृत्यु कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २४ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ७ करोड ७६ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन् । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । यसमध्ये १ लाख ५ हजार ९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ ।...
बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने, तर कति दिन ?

बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने, तर कति दिन ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, माघ २३ । बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ । बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने नियम बताइएको छ । बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ । दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नाग...
कोरोनाबाट विश्वमा २२ लाख ६२ हजार बढीको मृत्यु, १० करोड ४३ लाख संक्रमित

कोरोनाबाट विश्वमा २२ लाख ६२ हजार बढीको मृत्यु, १० करोड ४३ लाख संक्रमित

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ २१ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख ७८ हजार ६५७ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म २२ लाख ६२ हजार ८४ संक्रमितले ज्यान गुमाएका छन् । संक्रमित २ करोड ५८ लाख ८३ हजार ३९५ जनामा सक्रिय संक्रमण छ भने ७ करोड ६२ लाख ३३ हजार १७८ जनाले कोरोनालाई जितेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ९४५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या २ करोड ७० लाख २७ हजार ३४७ पुगेको छ। अहिलेसम्म अमेरिकामा ४ लाख ५७ हजार ८५६ जना संक्रमितको ज्यान गएको छ । १ करोड ६७ लाख ५० हजार ४२२ जना निको भएका छन् भने ९८ लाख १९ हजार ६९ जनामा सक्रिय संक्रमण छ । विभिन्न अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये २३ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।...