विद्युतीय सुरक्षा दिवसको अवसरमा वितरण केन्द्र कृष्णनगरको प्रभातफेरी
अजय मिश्र, कृष्णनगर, चैत्र २६
नेपाल विद्युत प्रधिकरणले आज अधिराज्यभर विद्युतीय सुरक्षा दिवस मनाएको छ। सोही क्रममा कपिलवस्तु जिल्लाको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ।
आज विद्युत सुरक्षा सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय बाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः कार्यालयमा आएर कार्यक्रम समापन गरिएको थियो।
कृष्णनगर वितरण केन्द्र बाट कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शिवगंगा नगरपालिका वडा नं ११ यस क्षेत्रमा विद्युत लाइन निर्माण, विस्...









