KPL प्रिमियर जिल्ला स्तरीय कपले लोकप्रियता पाउदै
अजय मिश्र, कृष्णनगर माघ २४
युवा अमन सामाजिक विकास केन्द्र, अशच्यारिटेबल फाउंडेशन, इण्डो नेपाल सामाजिक मंचको आयोजनामा शिवराज नगरपालिका वडा नं ७ जवभारीमा संचालित केपिएल प्रिमियर कपले लोकप्रियता पाई रहेको खेल प्रेमी हरू बताएका छन्।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न ७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिताको दोस्रो राउन्ड अन्तर्गत जय नेपाल क्रिकेट क्लब, कृष्णनगर र लुम्बिनी प्रदेश क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो।
खेलको टस जय नेपाल क्रिकेट क्लब, कृष्णनगरले जिती पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश क्रिकेट क्लबले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १५७ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो ।
१५८ रनको लक्ष्य पछ्याएको जय नेपाल क्रिकेट क्लब, कृष्णनगर १२ ओभरभित्रै अलआउट हुँदै मात्र ८० रनमा सीमित भयो । ...








