Friday, April 26
Shadow

लक्ष्मीपुर एकीकृत कृषक समूहले २३ औं वार्षिक साधारणसभा सम्पन्न गर्‍यो


  • -इ
  • इ+

लक्ष्मीपुर एकीकृत कृषक समूहले आफ्नाे २३ औं वार्षिक साधारणसभा पुस १६ गते त्रिभुवन पार्क थानकाेटमा भव्य रुपमा सम्पन्न भएकाे छ । साधारणसभाले कार्य समितिले प्रस्तुत गरेकाे आगामी वर्षकाे नीति तथा कार्यक्रम सर्वसहमत रुपमा पारित गरेकाे छ ।
कुल काराेबार रकम २ कराेड ४६ लाख रहेकाे उक्त समुहले आफ्ना सदस्लाई छत्तिस महिने भाकमा ८% व्याजदरमा ऋण दिने नीति तय गरेकाे छ । आकस्मिक समस्या पर्दा तत्काल एक लाखकाे ऋण सुविधा समेत समुहले उपलब्ध गराउने छ । समुहले सदस्यहरुलाई बचत बढाउन प्राेत्साहन गर्न विशेष अभियान सञ्चालन गर्ने जनाएकाे छ ।
यसै विच साधारणसभाले आगामी तीन वर्षका लागि श्रीराम अधिकारीकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेकाे छ । (७ महिला आमन्त्रित सहित) । साथै पुस्कर अधिकारीकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेकाे छ ।
यसै गरि राेशन अधिकारीकाे अध्यक्षतामा बालकल्वकाे कार्य समिति समेत चयन गरेकाे छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares