Thursday, May 7
Shadow

Author: Interview Nepal

नयाँ स्मार्टफोन खरिद गर्ने बिचारमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

नयाँ स्मार्टफोन खरिद गर्ने बिचारमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

अचम्मका कुरा, आर्थिक, जिवनसैली, टिप्स, समाचार, समाज, सुचना प्रविधि
स्मार्टफोन बजारमा प्रायः हरेक दिन नयाँ नयाँ स्मार्टफोन सार्वजनिक भइरहेका हुन्छन् । स्मार्टफोनबीचको प्रतिस्पर्धा बढिरहँदा सँगसँगै ग्राहकलाई आफ्ना लागि उपयुक्त स्मार्टफोन छनौट गर्न निकै दुविधा भइरहेको हुन्छ । किन भने बजारमा आउने हरेक नयाँ स्मार्टफोन कुनै न कुनै हिसाबले उत्कृष्ट हुन्छ । नयाँ स्मार्टफोन खरिद गर्नु अघि तपाईंमा उत्पन्न हुने दुविधा दूर गर्न आज हामी तपाईंलाई केही टिप्स दिँदैछौं । यस्तोमा तपाईंले केही कुरामा ध्यान दिनु भयो भने स्मार्टफोन खरिद गरिसकेपछि निराश हुनुपर्ने छैन । सुरुमा आफ्नो बजेट तय गर्नुहोस् नयाँ स्मार्टफोन खरिद गर्नुअघि तपाईं कति मूल्यको स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ, सबैभन्दा पहिले आफ्नो बजेट तय गर्नुहोस् । किन भने बजारमा तपाईंले कम मूल्यदेखि प्रिमियम रेञ्जसम्मका स्मार्टफोन सहजै फेला पार्न सक्नुहुन्छ । यदि तपाईंले यसरी सुरुमै बजेट तय गर्नुभयो भने...
पानीमा नून हालेर नुहाउनुस्, अनि चामत्कारिक फाइदा पाउनुहोस्

पानीमा नून हालेर नुहाउनुस्, अनि चामत्कारिक फाइदा पाउनुहोस्

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
नून नहालेको दाल तरकारी खान मुश्किल पर्छ । तर खानाको स्वाद बढाउन बाहेक नुहाउँदा पनि नूनको उपयोग हुन्छ । नुहाउने पानीमा नून हाल्दा अनेकौं रोग भाग्छन् । यसले संक्रमणहरूलाई पनि निको पार्छ । ज्वरो आउँदा तपाईं सीधे नून मनतातो पानीमा हालेर नुहाउनुस् । एक बाल्टिन मनतातो पानीमा दुई चम्चा नून, एक चम्चा नरिवल तेल मिसाएर नुहाउनका लागि त्यो पानी प्रयोग गर्नुस् । यसरी नुहाउँदा रुघा र ज्वरो ठीक हुन सहायता पुग्छ । मांसपेशीको पीडा पनि नून हालेको पानीले नुहाउँदा ठीक हुन्छ । नूनिलो पानीले नुहाउँदा शरीरमा क्याल्सियमको कमी हुन पाउँदैन र हाड तथा नङ बलिया हुन्छन् । नून हालेको पानीले नुहाउँदा छाला चिलाउने समस्या हट्छ । अनि राम्रो निद्रा पनि लाग्छ । अनिद्राको समस्या भएकाहरूले नून हालेको पानीले नुहाउने सल्लाह दिइन्छ । नूनपानीको स्नानले शारीरिकका साथै मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो पान...
प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती कहिल्यै नगर्नुस्

प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती कहिल्यै नगर्नुस्

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
के तपाईँ प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै गर्नुहुन्छ ? तपाईँले गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन् । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ । सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ । के के छन् प्याजका बोक्राका फाइदा ? हेयर कन्डिसनरको रुपमा प्रयोगः नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम हुन्छ । कोलेस्ट्रोल कम गर्न सहयोगीः प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई पनि कम गर्न सहयोग गर्दछ । यसका लागि पनि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक...
सरकारको योजना फगत कागजमा मात्र सिमित हुँदा कृषि क्षेत्र उँभो लाग्न सकेन

सरकारको योजना फगत कागजमा मात्र सिमित हुँदा कृषि क्षेत्र उँभो लाग्न सकेन

आर्थिक, कृर्षि, विचार, समाज, सम्पादकीय, स्थानिय तह
राजेन्द्र गजुरेल नेपाल कृषिप्रधान देश हो । वास्तविक तथ्याङ्क नभएपनि बिभिन्न अनुसन्धानलाई आधार मानेर हेर्दा मुलुकमा ७० प्रतिशत भन्दा बढी जनसंख्या कृषि तथा पशुपालन पेशा अगाल्दै आएका छन । तर, बिडम्बना नेपालीलाई पुग्ने खाद्यान्न,माछा,मासु, दाल, तरकारी, फलफूल जडीबुटी, औषधि लगाएत कुनै कुराको पनि उत्पादन पर्याप्त हुन सकेको छैन र आयातमा भर पर्नुपर्ने स्थिति छ । जापान, अमेरीका, जर्मनी, अष्ट्रेलिया, ब्राजिल लगाएतका देशहरूमा कृषिमा १०÷१५ प्रतिशत मानिसहरु मात्र सहभागि हुँदा पनि लगभग ५० प्रतिशत भन्दा बढी कृषिजन्य सामाग्रिहरू निर्यात गर्न सकेका छन् । त्यसबाट उनीहरूले मनग्य विदेशी मुद्रा आर्जन गर्न सकेका छन् । देशलाई आत्मनिर्भर बनाउन सकेका छन् । तर हामीचाहिँ किन सधैँ परनिर्भरतामा बाच्नु परेको छ त ? हाम्रो लागि यो असम्भव नै हो र १ हामी पनि हाम्रो देशलाई पुग्ने मात्र होइन विदेशै निर्यात गर्न सक्ने ...
काम देखाउनकै लागि सडक बनाईन्छ अनि भत्काईन्छ

काम देखाउनकै लागि सडक बनाईन्छ अनि भत्काईन्छ

विचार, समाज, सम्पादकीय, स्थानिय तह
राजेन्द्र गजुरेल पछिल्लो समय नेपालमा सडकलाई मागि खाने भाडो बनाईदै छ । अझै स्थानीय तहले त सडक विस्तारलाई नै विकासको प्रारम्भ मानेका छन् । भौगोलिक अवस्था जे जस्तो भएतापनि संरचनाको आधारमा गाउँपालिका वा नगरपालिका घोषणा गरे संगै स्थानीय तहका जनप्रतिनिधिको पहिलो रोजाईमा सडक नै परेको छ । सडक विस्तार आवश्यकता संगै चुनौति सडक विकासको मेरुदण्ड हो । तर त्यही मेरुदण्डलाई कमजोर बनाउने तर्फ सम्बन्धित व्यक्ति तथा निकायहरु लागि रहेका छन् । सडक विस्तार हुनु सकारात्मक पक्ष हो । त्यही सडक विस्तार गर्दा कसरी र कुन पद्धतिबाट विस्तार गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । जनताले आफ्नै घर आगनमा आएको स्थानीय तह संग धेरै आशा गरेका छन् । जनताका ईच्छा चाहना आफ्नो घर सम्म जानको लागि मोटर बाटोको विस्तार होस् भन्नु ठिक हो । साथै जनताका ईच्छा चाहनालाई सम्बोधन गर्न स्थानीय तहलाई चुनौति पनि रहेको छ । सडक विकासक...
मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज २८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका प्रधानमन्त्री ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।...

10 Hottest Man Boxers

Uncategorized
Taking part in rummy will be always entertaining and taking part in 13 greeting card game titles on the web hooks up you with the class of guys spreading the popular interest. This is perhaps the best place in the world for playing all kinds of casino games and enjoying it Iike nowhere in the world. (more…)
खाली सिलिण्डरको नयाँ मूल्य २१ सय

खाली सिलिण्डरको नयाँ मूल्य २१ सय

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज २८ नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ। दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य दुई हजार एक सय रुपैयाँ बुधबारबाट लागू भएको छ। यसअघि संघले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो। तर, बुधबारबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए। उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिएता पनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो। नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलि...
कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी बनेको नेशनल टेष्टिङ गाइडलाइनको पाँचौ संशोधन गरिएको हो । मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्‍न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निशुल्क गर्ने जानकारी दिए । उनका अनुसार सरकारको निशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट नै व्यहोर्ने छ । एन्टिजेन टेष्ट मास स्क्रिनिङ्, तुरुन्तै रिपोर्ट चाहिनेको लागि र धेरै व्यक्ति एकै स्थानमा बस्‍ने (व्यारेक)मा प्र...
उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ।...