Saturday, August 8
Shadow

Author: Interview Nepal

कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ

कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ

आर्थिक, मुख्य समाचार, स्थानिय तह
कपिलबस्तु, पुष १७ जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेका घरमा मापदण्ड अनुसारको इट प्रयोग भएको छैन । वार्ड नं ६ को भिल्मी गाँउमा ७ वटा घर र कर्मा गाउँमा २ वटा गरी कुल ९ वटा घर निर्माण भईरहेको छ। घर निर्माण कार्य नै नियम बिपरीत भईरहेको छ। नियम अनुसार घर निर्माण हुन लागेको ९ जना को उपभोक्ता समितिले उक्त निर्माण कार्य गर्ने भए पनि वार्ड नं ६ मा यस्तो छैन। त्यहाँ बिचौलियले फाइदा उठाई रहेका छन। बिचौलियले घर निर्माणमा स्टीमेट बिपरीत कार्य गरेको देखिएको छ। स्टीमेटमा एक नंबर ईटा रहे पनि बिचोलियले तेस्रो नंबरको कम्सल ईट प्रयोग गर्दै आएको छ। एक जना (घर निर्माण हुने ब्याक्ती )अनुसार इँटा खासलदा हामीले तेस्रो नम्बरको इटा अस्वीकार गरेका थियौ । इटा ठीक छैन भन्दा पनि राजकुमारले भन्छन की जगमा ( बुनियाद ) यहीँ इटाबाट रहनेछ । पर्खालमा एक नंबर इट प्रयोग...
आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, समाचार
  काठमाण्डौँ, पुष १७ आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । एक पटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइट www.dpfe.gov.np​ मा गएर अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ । श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ । साथै श्रम स्वीकृतिको लागि आव...
अंग्रेजी नयाँ वर्ष सन् २०२१ मनाइँदै, छैन उल्लासमय माहोल, सन् २०२० कोरोनाले पीडादायी

अंग्रेजी नयाँ वर्ष सन् २०२१ मनाइँदै, छैन उल्लासमय माहोल, सन् २०२० कोरोनाले पीडादायी

Uncategorized
काठमाडौं , पुस १७ । अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरू भएको छ । नेपाली समयअनुसार बिहीबार मध्यराति नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ । अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, मलेसिया, सिंगापुर, क्यानडा, भारत लगायतका मुलुकमा आतिसवाजीसहित नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ ।नयाँ वर्ष २०२१ भयरहित शान्त, समृद्ध र खुशीको वर्ष हुनेमा विश्वभरका नेताहरूले अपेक्षा गरेका छन् ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विव...
कस्तो अच्चमः यी १८ वर्षका युवक भए प्रेग्नेन्ट, कोखमा ४ महिनाको बच्चा !

कस्तो अच्चमः यी १८ वर्षका युवक भए प्रेग्नेन्ट, कोखमा ४ महिनाको बच्चा !

अचम्मका कुरा
काठमाडौं , पुस १२६ ।  के तपाईले कहिल्यै पुरुष गर्भवती बनेको खबर सुन्नु भएको छ ?  बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । आमा सबैले बन्न सक्दैनन् र आमा बन्नु महिलाको लागि विशेष क्षण हो । किनभने उनीहरुको भित्र आफ्नै अंश बढीरहेको हुन्छ । बेलायतका १८ वर्षीय एक पुरुष प्रेग्नेन्ट भएका छन् । उनको कोखमा ४ महिनाको बच्चा बढीरहेको छ । उनको नाम मिके चनेल रहेको छ भने उनी बेलायतको बोस्टन शहरमा बस्छन् । उनको शरीरमा फिमेल रिप्रोडक्टिभ सिस्टम रहेको छ । जसका कारण उनले गर्भाएधारण गरेका छन् । उनको जन्म पुरुषको रुपमा भएपनि उनको सबै व्यवहार महिलाको जस्तो थियो । तपाईलाई यो सुन्दा र पढ्दा अच्चम लाग्यो होला है ।  ...
सूर्य चिन्ह कस्को ? मन्त्री श्रेष्ठ भन्छन्- ओली पक्ष वैधानिक भएकाले हामीले नै पाउँछौँ

सूर्य चिन्ह कस्को ? मन्त्री श्रेष्ठ भन्छन्- ओली पक्ष वैधानिक भएकाले हामीले नै पाउँछौँ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १६ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं ९ ले बिहीबार गरेको अगुवा कार्यकता भेलामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । पार्टी एकताले आफ्ना राजनीतिक गतिविधिहरुलाई ‘पेण्डुलम’ बनाएको उनले बताए । उनले पार्टी एकताले पार्टीका राजनीतिक गतिविधि जाम भएको उल्लेख गर्दै अब भने राजनीतिक गतिविधिमाथि कसैले अंकुश लगाउन नसक्ने बताए । नेकपा ओली पक्ष वैधानिक भएको दाबी गर्दै मन्त्री श्रेष्ठले सूर्य चिन्ह आफ्नो समूहले पाउने जिकिर गरे ।मन्त्री श्रेष्ठले प्रचण्ड(माधव नेपालले सूर्य चिन्ह पाएको खण्डमा भीम रावल र नारायणकाजी श्रेष्ठले सो चुनाव लडन नपाउने जिकिर गरे । मन्त्री श्रेष्ठले आफ्नो घरमा बसेका डेरावालले घरवेटीलाई निकाल्ने कुरा युक्तिसंगत नभएको बताउदै...
सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १६ । सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त ६ डीआईजीका लागि सिफारिस गरेको हो। एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभि कुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी डीआईजीका लागि सिफारिस भएका छन्। गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको तीन सदस्यीय बढुवा समितिले मंसिर २७ गतेदेखि रिक्त दरबन्दीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजीहरु अनिवार्य अवकासमा गएपछि दरबन्दी रिक्त भएको थियो। डीआईजीहरु नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठ अवकास भएका थिए। बढुवा सिफारिस उपर चित्त नबुझ्नेले ७ दिन भित्रमा उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने बढुवा समितिका सदस्य सचिव एआईजी पुष्पराम केसीले बताए...
नेता पौडेलको आरोप -ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे

नेता पौडेलको आरोप -ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अफगानिस्तान जस्तो बनाउन खोजेको आरोप लगाएका छन् । ४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीबार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो आरोप लगाएका हुन् । जनताको थलो प्रतिनिधि सभा भङ्ग गरेर ओलीले देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाइ अफ्गानिस्तानजस्तो बनाउन लागेको उनको आरोप छ । प्रतिनिधि सभा भङ्ग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप उनले लगाए । साथै उनले ओलीमा चुनाव गराउने मनसाय नभएको र देशलाई निरंकुशतातर्फ सरकार अगाडि बढाउँदै आफू शासक बन्नका खोजेको बताए ।  ...
पतिको भाग्य बदलिन सक्छ पत्नीले यी काम गर्दा !

पतिको भाग्य बदलिन सक्छ पत्नीले यी काम गर्दा !

टिप्स
काठमाडौं, पुस १६ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको अर्धाङ्गनी मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ । त्यसैले भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ । तर, सबैको हकमा यस्तै हुनुपर्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ । भारतका पण्डित शिवकुमार शर्माले पनि त्यस्ता उपाय सुझाएका छन् जसका कारण पतिको भाग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ । -शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जामा राखिएको छ । उनलाई लक्ष्मी स्वरुप मानिने गरिएको छ । त्यसैले स्त्रीले विहान सधैं पूजापाठ गर्नु राम्रो हुन्छ । यसले पतिको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने विश्वास गरिन्छ । -घरमा महिलाले विहान उठे...
भारतमा थप ५ जनामा नयाँ  कोरोना संक्रमण पुष्टि

भारतमा थप ५ जनामा नयाँ कोरोना संक्रमण पुष्टि

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस १६ । विश्व नै कोरोना भाइरसबाट त्रसित भइरहेका बेला फेरि अर्को भाइरस आएको छ । यसले आमजनमासमा अज त्रास जमाएको छ । यता भारतमा थप पाँच जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको जनाइएको छ । उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ ।यो भाइरस बेलायतबाट शुरु भएको हो । कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको छ ।...
किन गइरहेको छ झ्याप झ्याप बत्ती  ? प्राधिकरणले गर्यो यस्तो खण्डन

किन गइरहेको छ झ्याप झ्याप बत्ती ? प्राधिकरणले गर्यो यस्तो खण्डन

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । पछिल्लो समय काठमाडौं उपत्यकामा झ्याप झ्याप बत्ती गइरहेको छ । यसरी बेला बेला बत्ती जाादा नेपाल विद्युत प्राधिकरणको आलोचना भइरहेको छ ।यता पछिल्लो समय बत्ती जाने समस्या बढेपछि भइरहेको आलोचनाबारे प्राधिकरणले विज्ञप्ति मार्फत खण्डन गरेको छ । प्राधिकरणले आफ्नो स्पष्टिकरण पेश गर्दै लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । भारत्वहन क्षमता भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको प्राधिकरणको प्रष्टोक्ति छ । प्राधिकरणले यस्तो अवरोध न्यूनीकरण एवं निराकरण गर्न प्राधिकरण सक्षम र प्रयासरत रहेको जनाएको छ । प्राधिकरणले कहीं कतै प्राविधिक कारणले विद्युत कटौती हुनुलाई लोडसेडिङ भन्न नमिल्ने भन्दै विज्ञप्तिमार्फत् आफ्नो बचाउ पनि गरेको छ ।प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा फेरि दोहोर्‍याउनुपर्ने आवश्यकता...