Thursday, November 13
Shadow

Author: Interview Nepal

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

समाचार
कपिलवस्तु, अषाढ २५   मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कपिलवस्तुका खेलाडी रौनक श्री वास्तवलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत तथा सम्मान गरिएको छ। छुट्टा छुट्टै कार्यक्रम गरि कृष्णनगर नगरपालिका वडा नं २ वडाध्यक्ष कृष्ण कुमार गुप्ताले कृष्णनगरको गोलघरमा सम्मान तथा स्वागत गरेको छ। त्यस्तै नेपाल हज कमिटी सदस्य तथा पूर्व क्रिकेटर मिर्जा राशिद बेग सहितको टोलीले समेत आज एक कार्यक्रम बिच गृह नगरको नाम विश्व सामु चिनाउन सफल रहेका रौनक श्रीवास्तव लाई स्वागत तथा सम्मान गरेका छन्। । एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।   कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको...
लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, कपिलवस्तु अषाढ २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले अषाढ २२ गते आइतवार बेलुका साढ़े छ बजे तिर संकास्पद अबस्थामा बसेका भारत उत्तर प्रदेश जिल्ला शिद्धार्थनगर वढनी बस्ने २० बर्षको कन्हैया चौधरीलाई प्रहरीले पक्राउ परेका छन् । शंका लागी चेकजाँच गर्दा निजले लगाएको निलो जिन्स पाईन्टको अगाडीको दाया गोजीमा रातो प्लाष्टिकको टुक्रामा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका चौधरी लाई कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता...
तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

ब्यानर समाचार 2, समाचार
काठमाडौँ । काठमाडौँको तारकेश्वरस्थित संस्थागत र सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानित गरिएको छ । परिवर्तन अभियान नेपालले शनिबार राजधानीको नेपालटारमा एक कार्यक्रमको आयोजना गरेर पालिकाभरका कुल ७१ विद्यालयबाट एसईईमा सफल विद्यार्थीहरुलाई सम्मानित गरेको हो । तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार पालिकाबाट विभिन्न विद्यालयबाट १७ जनाले ४ जीपीए ल्याएका छन् । सबै १७ जना विद्यार्थीलाई कार्यक्रममै सम्मानीत गरिएको र अन्य विद्यार्थीलको हकमा सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिएको परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले जानकारी दिए । उनका अनुसार ४ जीपीए प्रणिता ओझा, दीपेन्द्र आचार्य, निश्चल गिरी, प्रतिमा तामाङ, शौरभ रिजाल, समृद्धि रिजाल, शोयता गुरुङ, विनायक शर्मा, सोफिया शैयद, समीश्रण तामाङ, अञ्जली थापा, आयुशा राई, सदीक्षा भट्टराई, सुचन बस...
ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन

ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, अषाढ १४ ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे । जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिकाकाे सभाल खडैचाका सम्पन्न प्रथम अधिवेशनले अन्सारीकाे नेतृत्वमा १९ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ । जसकाे वरिष्ठ उपाध्यक्षमा अलि हसन मुसलमान, उपाध्यक्षमा नुरुलाह पठान, सचिवमा अहमद खाँ, सह-सचिवमा असगर अलि भाँट, काेषाध्यक्षमा माेहम्मद अहमद रजालाई सर्वसम्मत चयन भएका छन् । यस्तै ओल्मा काउन्सिल नेपालकाे जिल्ला कपिलवस्तु इन्चार्जकाे जिम्मेवारी मुजिवउर्रहमान दिएकाे छ भने मिडिया इन्चार्जकाे जिम्मेवारी नाैशाद अलि मियाँलाई दिएकाे जनाइएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद सराज अहमद फारुकीले आफ्...
१२ वर्षकाे सफल यात्रामा ब्राइट लुम्बिनी

१२ वर्षकाे सफल यात्रामा ब्राइट लुम्बिनी

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, बाणगंगा  लुम्बिनी प्रदेशमै शैक्षिक क्षेत्रमा गौरवशाली संस्थाको रुपमा स्थापित भएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ । स्थापना दिवसको अवसरमा पिस हिमालय रिर्सोट ठाकुरापुरमा आयोजित कार्यक्रममा वार्षिक उत्सवसँगै विद्यार्थी सम्मान, खुल्ला नृत्य प्रतियोगिता, संस्थाको आफ्नै गीत विमोचन र विविध सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका हुन । खुल्ला नृत्यमा नितु परियार चम्किइन् — नगदसहित प्रमाणपत्रबाट सम्मानित ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन खुल्ला नृत्य प्रतियोगितामा नितु परियार प्रथम, सरिता बेल्बासे दोस्रो र मिना बेल्बासे तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । विजेताहरूलाई संस्थाका प्रबन्धक असिम क्षेत्रीले नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो । खुल्ला नृत्य प्रतियोगि...
१ दिवशिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

१ दिवशिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
जेठ ०७ गते , कपिलवस्तु मुक्ति समाज कपिलवस्तुद्धारा १ दिवशिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदाय अधिकारका लागि संगठित हुनुपर्ने नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष बाबुराम खनालले बताउनु भयो । प्रशिक्षण कार्यक्रमलाई मुक्ति समाज लुम्बिनी प्रदेश कमिटि अध्यक्ष कृष्ण बिश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटि सचिव सिबि गहतराज, नेकपा एमाले जिल्ला कमिटि सल्लाकार समिति सदस्य तथा शिवराज वडा नं १ वडा अधयक्ष खिम बिक्रम के.सि लगाएतले शुभकामना मनतब्य तथा प्रिशक्षण दिनुभएको थियो । मुक्ति समाज कपिलवस्तु अध्यक्ष राम प्रघट कोरीको अध्यक्षता जिल्ला सचिव किरण नेपालिको संचालनमा सम्पन्न भएको थियो ।...
तारकेश्वर नगरपालिकामावार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिकामावार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
- किरण लामा काठमाडौं - तारकेश्वर नगरपालिका सभाहलमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता नगरप्रमुख श्री कृष्णहरि महर्जनले गरेका थिए । प्रमुख अतिथि पूर्वरक्षा मन्त्री श्री भीमसेनदास प्रधानको उपस्थिति थियो । कार्यक्रमका विशेष अतिथिका रूपमा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको माननिय मन्त्री श्रीमती हरिप्रभा खड्गीको उपस्थिति रहेको थियो । साथै, उपप्रमुख श्रीमती श्रृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वर प्रसाद आचार्य, सम्पूर्ण वडाध्यक्षहरू, नेपाल प्रहरी, बालाजु वृत्तका नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधिहरू तथा स्थानीय सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वडा नं. १ का वडाध्यक्ष श्री विदुर सा...
बाल विवाह रोक्न कृष्णनगरका धर्मगुरु हरूको साझा प्रतिबद्धता 

बाल विवाह रोक्न कृष्णनगरका धर्मगुरु हरूको साझा प्रतिबद्धता 

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, अषाढ २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा आज बाल विवाह अन्त्यका लागि बाल संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत एक दिने बाल विवाह अन्त्यका लागि धर्मगुरु हरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, यूनिसेफ को सहयोग तथा नेपाल सरकारको समान्वयमा बाल विवाह रोक्न धर्मगुरु हरू संग अन्तर क्रिया गरिएको छ। अन्तर्क्रिया कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका मनो सामाजिक कार्यकर्ता तापस कुमार मिश्रले बाल विवाह रोक्न धर्मगुरु हरूको भूमिका तथा बाल विवाह रोक्न कानुनी प्रक्रियाको बारेमा प्रष्ट पारेका थिए। कार्यक्रममा बोल्दै धर्मगुरु मौलाना मशहूद खां नेपालीले बाल विवाह गर्नु कसैका लागि हितकर नरहेको बताउदै धर्मगुरु हरू समेत यसकार्य लाई रोक्न हरेक सम्भव प्रयास गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै धर्मग...
नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

समाचार
कपिलवस्तु, जेठ २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ। आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा  नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए। कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपाल लाई व्यवसायीक सफलताको शुभकामना दिदैं सहज र सरल यात्राका लागि सधै अग्रसर रहनु पर्ने सुझाव दिएका थिए। कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरे तथा प्रतिनिधि कमल जिसीले व्यवसायिक सफलताको शुभकामना द...
कृष्णनगरको बसपार्कमा यात्री हरूका लागि निशुल्क खानेपानी

कृष्णनगरको बसपार्कमा यात्री हरूका लागि निशुल्क खानेपानी

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर ,कपिलवस्तु जेठ १९ कपिलवस्तु जिल्लाको कृष्णनगरको बसपार्कमा वडा कार्यालयको सहयोगमा तथा इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरीको समान्वयमा यात्री हरूका लागि निशुल्क खानेपानीको व्यवस्था गरिएको छ। आज एक कार्यक्रमका बिच भारत बाट आउने श्रद्धालु तथा यात्री हरू लाई तराई मधेशमा चर्को गर्मी बढेकाले निशुल्क खानेपानीको व्यवस्थापन गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले दिए। कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक ईश्वर लौडारीले मानवता नै सबै भन्दा ठूलो सेवा रहेकाले यात्री हरुलाई सहजताका लागि वडाध्यक्ष संग पहल गरेको बताउदै नेपाल प्रहरीको नागरिक सहायता कक्ष समेत राखिएकाले यात्री हरूलाई सहज हुने बताए। कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले निशुल्क खानेपानी वितरण कार्य सराहनीय रहेको बताउदै आफूहरू बाट हुने सहयोग गर्ने बताए। निशुल्क खान...