साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस सम्पन्न गर्यो
काठमाण्डौं - श्री साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस चैत्र २७ गते तारकेश्वर नगरपालिका वडा नं १ चुनि स्थीत विद्यालय प्राङ्गणमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्य, नगर उप प्रमुख सिर्जना बुर्लाकाेटी अर्यालकाे विषेश आतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर सापकाेटाकाे सभापतित्वमा विद्यालयले ७३ओैं एवं अविभावक दिवस सम्पन्न गरेकाे छ । कार्यक्रम संचालन सहायक प्रधानाध्यापक मोहनकुमार दाहालले गर्नुभएको थियोे ।
विद्यालयको स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिका जिम्मेवार बनेर लागि परेको बताँउदै शैक्षिक सुधारका असरपर्ने खालका गलत गतिविधि स्वीकार्य नहुने बताउनु भयो । हामी काम गर्न आएका हाैं हामी कम बाेल्छाै काम धेरै...