Tuesday, September 1
Shadow

Author: Interview Nepal

अवधी पत्रकार संघ कपिलवस्तु शाखाकै चौथा जिल्ला साधारण सभा भवा 

अवधी पत्रकार संघ कपिलवस्तु शाखाकै चौथा जिल्ला साधारण सभा भवा 

ब्यानर समाचार, समाचार
कपिलवस्तु, माघ १० अवधी पत्रकार संघ कपिलवस्तु शाखाकै चौथा जिल्ला साधारण सभा अध्यक्ष मनिष गुप्ताके अध्यक्षतामे सम्पन्न भवा। कार्यक्रमकै प्रमुख अतिथि कृष्णानगर नगरपालिकाकै नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमे पत्रकार महासंघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष वसन्त गिरी, पत्रकार महासंघ कपिलवस्तु शाखाकै अध्यक्ष डिलाराम भुषाल, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाकै उपाध्यक्ष खग प्रसाद चापागाई, अवधी पत्रकार संघ नेपालकै केन्द्रीय उपाध्यक्ष शनी उल्ला धोबी, अवधी पत्रकार संघ नेपालकै केन्द्रीय सदस्य अंकुश श्रीवास्तव, अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकै नि वर्तमान अध्यक्ष निरहु यादव लगायत रहे। कार्यक्रममे आवय लोगेनकै स्वागत जिल्ला उपाध्यक्ष अजय शाहनी करिन रहां। कार्यक्रममे सालभरकै आम्दनी अव खर्च कोषाध्यक्ष हनुमान पाण्डेय प्रस्तुत करिन रहा। कार्यक्रममे आपन विचार राखत प्रमुख अतिथि ...
नेपाली कांग्रेस क्षेत्रीय कमिटी द्वारा खेद प्रकट

नेपाली कांग्रेस क्षेत्रीय कमिटी द्वारा खेद प्रकट

समाचार
कपिलवस्तु, माघ ४ कपिलवस्तु जिल्लाको नेपाली कांग्रेस क्षेत्र नं ३ क्षेत्रीय कमिटीले प्रेस विज्ञप्ति मार्फत खेद प्रकट गरेको छ। जिल्लाको निर्वाचन क्षेत्र नं ३ का विरेन्द्र कुमार कनोडिया नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको प्रति क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले एक प्रेस विज्ञप्ति मार्फत उक्त कदम प्रति खेद व्यक्त गरेका छन्। विज्ञप्तिमा भनिएको छ बीरेन्द्र कुमार कानोडिया नेपाली कांग्रेस परित्याग गरि ने.क.पा. एमाले मा प्रवेश गरी जानु भएकोमा यस क्षेत्र नं.-३ का नेपाली कांग्रेस क्षेत्र नं.-३ को क्षेत्रीय कार्य समिति तथा यस क्षेत्र का विभिन्न तह र तपका का कार्यकर्ताहरु द्वारा खेद व्यक्त गर्दाछौँ । यस क्षेत्रका सबै तह तपका का साथी कार्यकर्ताहरु लाई उच्च मनोबल राखी नेपाली कांग्रेसमा विचलित नभई एकता बद्ध रहना हार्दिक अपील गर्दा छु। साथै केन्द्र बाट निर्णय भई आउने आध...
युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान

युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, पुस २५  नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका लागि कपिलवस्तुका युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको छ । युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्र संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यका साथ टोली राजधानीतर्फ लागेको नेता केसीले जानकारी दिनुभयो । कांग्रेसको विशेष महाधिवेशन यही महिनाको २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ । उक्त महाधिवेशनमा सहभागी हुन कपिलवस्तुबाट दलबलसहितको टोली काठमाडौं प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेताहरू, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । नेता केसीका अनुसार विशेष महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले कपिलवस्तुबाट उल्लेख्य सहभागिता जनाइएको हो । “पार्टीभित्र युवाहरूको सक्रिय भ...
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको वनभोज कार्यक्रम सम्पन्न 

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको वनभोज कार्यक्रम सम्पन्न 

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , पुस १९ होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा आज बाणगंगा नगरपालिका वडा नं ७ को खारखानी दिलपार्कमा आज व्यवसायी भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथिमा वाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणि अर्याल , विशिष्ट अतिथिमा वाणगंगा नगरपालिका का नगर प्रवक्ता बिष्णु पौडेल, वडाध्यक्ष बिष्णु गिरी , अतिथिमा लायन्स क्लब आफ कपिलवस्तु स्टारका अध्यक्ष सागर पोख्रेल , नेपाल औषधि तथा पशुपंक्षी व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष युवराज घिमिरे रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख चक्रपाणि अर्यालले कार्यक्रम सफलताको शुभकामना दिदै होटल तथा पर्यटन व्यवसाय तथा जलस्रोतको अधिकतम उपयोगले मात्र देशको विकास हुने बताए। जिल्लाका होटल तथा पर्यटन व्यवसायी हरूको भेटघाट तथा आन्तरिक तथा वाह्य पर्यटन लाई बढावा दिने तथा एकता, सहकार्य र आत्मीयताको सेतु ज...
लोकप्रिय युवा नेता मिर्जाको नाम समानुपातिक बन्द सुचिमा

लोकप्रिय युवा नेता मिर्जाको नाम समानुपातिक बन्द सुचिमा

मुख्य समाचार, समाचार
कपिलवस्तु , पुस १५ कपिलवस्तुका ऊर्जावान, कर्मशील तथा लोकप्रिय युवा नेता मिर्जा राशिद बेग राष्ट्रिय राजनीतिमा थप सशक्त रूपमा उदाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसदको बन्द सूचीमा मिर्जा राशिद बेगको नाम समावेश भएपछि कपिलवस्तु मात्र होइन, लुम्बिनी प्रदेशमै उनको चर्चा चुलिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्द सूचीअन्तर्गत मुस्लिम समुदायतर्फ मिर्जा राशिद बेगको नाम परेको हो । रास्वपाको जनसम्पर्क विभागका केन्द्रीय सदस्यसमेत रहेका बेग कपिलवस्तु जिल्लाबाट एकल नाम सिफारिस हुने सौभाग्य प्राप्त नेता बनेका छन्, जसले उनको पार्टीभित्रको विश्वास र जनआधारलाई स्पष्ट संकेत गर्छ । मुस्लिम समुदायतर्फ समानुपातिक सूचीमा पहिलो वरियतामा असिफ शाह र दोस्रो वरियतामा मिर्जा राशिद बेगको नाम परेको छ । त्यस्तै तेस्रोमा समिना मिया ...
चन्द्रौटा महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन रहने

चन्द्रौटा महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन रहने

ब्यानर समाचार 2, समाचार
अजय मिश्र,चन्द्रौटा, १२ पुस  दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औधोगिक प्रर्दशनी २०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघले जनाएको छ। शनिबार पत्रकार सम्मेलन मार्फत पौष १३ गतेदेखि शिवराज नगरपालिका चन्द्रौटामा सुरु हुने महोत्सवको सबै तयारी सम्पन्न भएको जानकारी दिइएको हो । जिल्लाकै महत्वपूर्ण मेलाका रूपमा परिचित चन्द्रौटा महोत्सवमा यस वर्ष दर्शकले नयाँ आकर्षण र फरक अनुभव पाउने आयोजकको भनाइ छ। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महोत्सवको प्रचार–प्रसारमा मिडियाले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । भुसालले पछिल्ला वर्षहरूमा महोत्सवहरू व्यवसायिक मोडतर्फ अघि बढिरहे पनि, स्थानीय उत्पादन र प्रतिभाको प्रवर्द्धन लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। प्रतिष्पर्धा भन्दापनि एक आपसमा सहकार्यगर्दै अगाडी बढ्न सकेमा ...
हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

ब्यानर समाचार 2, समाचार
  पौष - ७, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको यस सांस्कृतिक कार्यक्रमले चीनको एनिमेशन चलचित्रलाई माध्यम बनाएर नेपालका तीन विश्वविद्यालयमा सभ्यताको आदानप्रदानको पुल निर्माण गर्यो। त्रिभुवन विश्वविद्यालयमा उद्घाटन समारोहमा प्रख्यात चलचित्रकर्मी प्रदीप खड्का, कविता नेपाली, प्रदीप शाही, बुद्धि तामाङ, के.पी. पाठक र विजय बराल लगायत उपस्थित थिए। परिक्रमामा चयन गरिएका चलचित्रहरू—《नयाँ देवता सूची: याङ्जान》, 《सेतो सर्प: उत्पत्ति》, 《लो सियाओहाइ युद्ध कथा २》—ले चीनको परम्परागत संस्कृति र आधुनिक प्रविधिको संयोजन देखाए। साथै AIGC वेब सिरिज 《पहाडको आत्मा》ले कृत्रिम बुद्धिमत्ता प्रयोगमार्फत नयाँ सिर्जनात्मक मार्ग अन्वेषण गरेको छ। कार्यक्रमले केवल चलचित्र प्रदर्शनमा सीमित नभई "प्रदर्शन + अन्तरक्रिया" प्...
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा दोस्रो वर्षका विद्यार्थी लाई क्लिनिकल प्राक्टिस अभिमुखीकरण

कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा दोस्रो वर्षका विद्यार्थी लाई क्लिनिकल प्राक्टिस अभिमुखीकरण

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, पुस ६ कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा एचए र सिएमएलटी अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरूका लागि क्लिनिकल प्राक्टिस अभिमुखीकरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक तथा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले गर्नुभएको थियो। अध्यक्ष पाण्डेयले प्राविधिक शिक्षाले दक्ष, जिम्मेवार र मानवताप्रति संवेदनशील स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य बोकेको उल्लेख गर्दै विद्यार्थीहरूलाई इमान्दारी, अनुशासन र सेवाभावलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गर्नुभयो। कार्यक्रममा प्रशासकीय अधिकृत तथा प्रशासकीय प्रमुख पुनीत कुमार मिश्रले क्लिनिकल अभ्यास स्वास्थ्य शिक्षा कै मेरुदण्ड भएको बताउँदै व्यवहारिक ज्ञान र पेशागत मर्यादाले नै विद्यार्थीलाई सफल स्वास्...
जसपा नेपाल सिरहा क्षेत्र नं. १ बाट सत्य नारायण यादवको एकल नाम सिफारिस

जसपा नेपाल सिरहा क्षेत्र नं. १ बाट सत्य नारायण यादवको एकल नाम सिफारिस

ब्यानर समाचार 2, समाचार
लहान, पुस ०१  जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ। भेलाले आगामी निर्वाचनका लागि जसपा नेपालतर्फबाट प्रतिनिधिसभा सदस्य पदमा सत्य नारायण यादव लाई प्रत्यक्ष उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ।   भेला क्षेत्रीय तहका अगुवा, कार्यकर्ता तथा नेताहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो। भेलामा सहभागी वक्ताहरूले क्षेत्र नं. १ मा संगठन सुदृढीकरण, जनसमस्याको समाधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार अधिकार सुनिश्चित गर्न सत्य नारायण यादव उपयुक्त र अनुभवी नेतृत्व भएको धारणा व्यक्त गरे। कार्यकर्ताहरूले सत्य नारायण यादवले विगतदेखि नै सामाजिक न्याय, समावेशी राजनीति, किसान, मजदुर, युवा तथा पिछडिएका वर्गको हकहितका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे। उहाँको राजनीतिक अनुभव, जनसम्पर्क र स...
सशस्त्र प्रहरी द्वारा जय अम्बे प्लाई फ्याक्ट्री बाट ठूलो मात्रामा युरिया मल बरामद 

सशस्त्र प्रहरी द्वारा जय अम्बे प्लाई फ्याक्ट्री बाट ठूलो मात्रामा युरिया मल बरामद 

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, मंसिर, २९ कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ७ रूद्रपुर बाट सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा १८१ बोरा अबैध युरिया मल बरामद गरिएको छ। बिशेष सुराकीका आधारमा सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले जय अम्बे प्लाई फ्याक्ट्री बाट अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा १८१ बोरा युरिया मल बरामद गरेको छ। एका तिर किसान हरू समयमा मल नपाएर बिजोग छ भने अर्का तिर प्लाई फ्याक्ट्रीहरूले तस्कर प्रयोग गरेर भारतीय युरिया मल मगाउने गरेको तथ्य स्पष्ट हुन्छ। भारतीय युरिया कपिलवस्तु जिल्लाको कुकुरभुकवा, डुमाई, भिल्मी, कुशहवा लगायत क्षेत्रबाट तस्करी भइ आउने र सो युरिया मल पलाई फ्याक्ट्री हरूले महंगो दाममा किनेर त्यसलाई ग्लूको रूपमा प्रयोग गर्दै आएका छन्। यत्रो ठूलो मात्रामा युरिया मल बरामद हुनु किसान हरू  उक्त प्लाई फ्याक्ट्री लाई बन्द गर्नु पर्ने ...