Thursday, May 2
Shadow

Author: Interview Nepal

जामिया सिराजुल उलुम मदरसाले स्वच्छ खानेपानीका लागि गर्यो जग्गा हस्तान्तरण करारनामा समझौता

जामिया सिराजुल उलुम मदरसाले स्वच्छ खानेपानीका लागि गर्यो जग्गा हस्तान्तरण करारनामा समझौता

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु, कार्तिक १९ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं तीनमा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ। जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष शमीम अहमद तथा नेपाल खानेपानी संस्थान कृष्णनगरका प्रमुख रमेश मगराती बिच दोहोरो जग्गा हस्तान्तरण करारनामा समझौता गरिएको छ। सो क्षेत्रमा बसोबास गर्ने जनता तथा मदरसाका लागि स्वच्छ खानेपानी वितरण हुने उद्देश्यका साथ मदरसाले जग्गा उपलब्ध गराएको तथा जामिया सिराजुल उलुम मदरसा हरेक धर्मका व्यक्तिको शुख दुखमा हातेमालो गर्दै आएको एक धरोहरको रूपमा रहेको जानकारी लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले जानकारी दिए। जग्गा हस्तान्तरण करारनामा समझौतामा अल्ताफ अहमद खान, डा. अब्दुल...
मन्त्रिपरिषद्का निर्णयहरू : राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्यक्रम स्वीकृत

मन्त्रिपरिषद्का निर्णयहरू : राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्यक्रम स्वीकृत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रपतिले यही कार्तिक २२ गते देखि मङ्सिर १ गते सम्म गर्नुहुने युरोप भ्रमण कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो । राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिई उतैबाट संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमणमा जानुहुने मन्त्री शर्माले बताउनुभयो । यस्तै हिजो बसेको मन्त्रिपरिषद् बैठकले युएईमा हुने १८ औँ दुबई शो मा सहभागी हुन उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने, चीनको सांघाईमा हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग व...
विकास आयोजनामा बाधा सिर्जना गर्ने कार्य कदापि मान्य हुँदैन : उपप्रधानमन्त्री खड्का

विकास आयोजनामा बाधा सिर्जना गर्ने कार्य कदापि मान्य हुँदैन : उपप्रधानमन्त्री खड्का

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको आर्थिक समृद्धिसँगै जनताको आकाङ्क्षा सम्बोधन गर्नका लागि काम गर्ने तौरतरिकामा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । रक्षा मन्त्रालयमा आज आयोजित प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले समस्यालाई चाङ लगाएर राख्नेभन्दा पनि तत्कालै समाधान गरेर जानुपर्ने बताउनुभयो । “जानीजानी, थाहा पाएर वा कसैका कारण मुलुकको प्रगतिको बाधक हामी सबै भएका छौँ, उन्नति, प्रगतिका लागि कानुनको प्रावधान देखाएर बाधा सिर्जना गर्ने कार्य मान्य हुँदैन”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसमा सुधार गर्न आवश्यक छ ।” उहाँले समस्या मात्र प्रस्तुत गर्ने नभई समस्याका कारण र समाधानको उपायसमेत प्रस्तुत गर्न निर्देशन दिनुभयो । “समस्याको कारण प्रष्टरुपमा आउनुपर्छ । विकास आयोजनामा देखिएका समस्या समाध...
१७ वर्षिया किशोरी विभाकुमारी यादव बनिन मधेश प्रदेशको गृह, सञ्चारमन्त्री

१७ वर्षिया किशोरी विभाकुमारी यादव बनिन मधेश प्रदेशको गृह, सञ्चारमन्त्री

ब्यानर समाचार, ब्यानर समाचार 2
जनकपुरधाम - मधेश प्रदेशको गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले बालिका तथा किशोरीको मनोबल बढाउनका लागि धनुषाकी १७ वर्षिया किशोरी विभा कुमारी यादवलाई पद हस्तान्तरण गर्नु भएको छ । मन्त्री समिमले प्लान ईन्टरनेशनको विश्वव्यापी अभियान अन्तर्गत आज मन्त्रालयमा आयोजना गरिइएको कार्यक्रममा धनुषाको विदेह नगरपालिकाको गिद्धा बेलापट्टीका घर भई कक्षा १२ को परीक्षा दिएकी छात्रा यादवलाई आफ्नो पदमा तथा कुर्सीमा आसिन गराई स्वागत गर्नु भएको छ । बालिका, किशोरीको तथा महिलाको समान सहभागिता कार्यक्रम अन्तर्गत प्रतिकात्मक रुपमा कार्यक्रम भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानूनमन्त्रीको पदभार ग्रहण गर्नु भएकी किशोरी छात्रा विभा कुमारी यादवले मधेश प्रदेशमा हुने गरेको बालविवाह, महिला, वालिका हिंसा तथा लागु पदार्थको दुर्व्यसन रोक्नका लागि प्रभावकारी भूमिका खेल्न सरोकारवालाको ध्यानाकर्षण गर्नु भयो । ...
जलवायु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा शान्ति दीप लगियो

जलवायु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा शान्ति दीप लगियो

ब्यानर समाचार, ब्यानर समाचार 2
रुपन्देही - हिमालयमा परेको जलवायु परिवर्तनको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । शुक्रबार नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न शान्तिदीप कालापत्थरमा लगेको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले शान्ति दीपमा दीप प्रज्वलन गरेर उक्त दीप सगरमाथाको आधार शिविरतर्फ लैजान हस्तान्तरण गर्नुभयो। उपाध्यक्ष लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखरेल र सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लाग...
आज राति १२ बजेपछि संघीय संसद्को चालु अधिवेशन अन्त्य

आज राति १२ बजेपछि संघीय संसद्को चालु अधिवेशन अन्त्य

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नु भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त चालु अधिवेशन अन्त्य गरिएको ब्यहोराको पत्र पढेर सुनाउनुभयो । बैठकमा सभामुख घिमिरेले चालु अधिवेशनमा संसद्मा भएका कामकारबाही बारे जानकारी गराउनुभयो । सभामुख घिमिरेले चालु अधिवेशनका अनुभव र अभ्यासबाट पाठ सिक्दै संसदीय गतिविधिलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । सभामुख घिमिरेले चालु अधिवेशनमा संसदीय गतिविधिले गति लिएको भन्दै संसद्लाई लोकतान्त्रिक मान्यता अनुरुप अघि बढाउन सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। यस अघि बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्र...
विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात

विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विमानस्थलको अध्यागमन कार्यालयले शङ्का लागेर पठाइएका उनीहरूमाथि अनुसन्धान गर्दा सो तथ्य खुलेको जानकारी दिनुभयो । भ्रमण भिसामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । विमानस्थल कार्यालयले गत असोज २९ गते ती व्यक्तिका कागजातहरू पठाएको थियो । उक्त कागजातमध्ये केही उच्च माविका शैक्षिक प्रमाणपत्र नक्कली देखिएकामा उक्त कागजात बनाउने उदयपुर घर भई पेप्सीकोला बस्ने आशिष श्रेष्ठ र काभ्रेपलाञ्चोकको पाँचखाल घर भई सिनामङ्गल बस्ने २८ वर्षीय जीवराज तामाङ रहेका पाइएको छ । उनीहरूले प...
आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा. महत

आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा. महत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको र त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले वैदेशिक लगानी अपरिहार्य भएको बताएका छन । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले वैदेशिक लगानी अपरिहार्यतामा जोड दिनुभएको उहाँको सचिवालय तथा लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले ‘सिटी अफ लन्डन’ को ‘म्यान्सन हाउस’मा मङ्गलबार एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । उक्त अवसरमा अर्थमन्त्री डा महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस...
नेपाली आरोही पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण

नेपाली आरोही पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - नेपाली युवा पर्वतारोही प्रकाश राज पाण्डेले अफ्रिका महादेशको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गर्नुभएको छ । यही अक्टोबर ३१ तारिखमा पाण्डेले तान्जानियामा रहेको "किलिमन्जारो हिमाल"को सफल आरोहण गरेका छन। सातै महादेशका उच्च हिमशिखरहरूको आरोहण गरी सेभेन समिट पूरा गर्ने अभियानमा रहनुभएका पाण्डे अक्टोबर २५ तारिखमा तान्जानियातर्फ प्रस्थान गर्नुभएको थियो । उहाँको अभियानलाई "मकालु आउटफिट"ले आवश्यक गियर सहयोग गरेको छ । माउण्ट किलिमन्जारो अफ्रिकी महादेशको सबैभन्दा अग्लो चुचुरो हो। तान्जानियाको सुषुप्त ज्वालामुखी रहेको क्षेत्रमा अवस्थित यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो । उहाँले मङ्गलवार बिहान ६ः४० बजे किलिमन्जारो हिमालको सफल आरोहण गर्नुभएको हो । पाण्डेले किलिमन्जारोको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डाका साथै, नेपाल स्काउट, रोटरी इन्टरनेशनल तथा अन्य सङ्घसंस्थाको झण्ड...
२०१३ सालमा यस्तो थियो मर्यादाक्रम

२०१३ सालमा यस्तो थियो मर्यादाक्रम

ब्यानर समाचार, ब्यानर समाचार 2
२०१३ सालमा यस्तो थियो मर्यादाक्रम :- १. श्री ५ महाराजाधिराज २. श्री ५ युवराजाधिराज ३. श्री ५ युवराजाधिराजका राजकुमारहरू ४. श्री ५ अधिराजकुमारहरू, राजपरिवारका अन्य राजकुमारहरू ५. श्री प्रधानमन्त्री ६. श्री विदेशका राजदुतहरू ७. श्री मन्त्रिमण्डलका सदस्य मन्त्रीहरू । श्री नेपालका प्रधान न्यायाधीश । श्री स्पीकर (सल्लाहकार सभाका श्री बडागुरुज्यू ८. श्री नेपालका भू. पू. प्रधान मन्त्रीहरू ९. श्री मिनिष्टर प्लेनीपेटेन्टरी एण्ड इनभ्याईज एक्सटाअर्डीनरी १०. श्री ५ बाट मनोनीत गरिबक्सेका साहेबज्यू ११. श्री नेपाली राजदूत, श्री भिजीटींग एम्बेस्टर एण्ड मिनिष्टर प्लेनीपेटेन्टरी १२. श्री चार्जद एफ्यारस् एद् पेद ११. श्री चार्जद एफ्य रस् एव इन्टरीम १४. श्री फिल्ड मार्शल १५. श्री कमान्डर इन चीफ १६.श्री पब्लिकसर्भिस कमिशनको चेयरमैन | १७. श्री प्रधान न्यायालयका जजहरू । श्री पब्लिक सर्भिश कमिशन...