नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन
कपिलवस्तु, माघ २६
कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ। माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको शुक्रबार समापन गरिएको हो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो l
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक तथा निजी तथा प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले खेलकुदको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनका साथै खेलकुदमा पनि सक्रिय हुन प्रेरित गरे। कार्यक्रममा इन्स्टिच्यूटका प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले प्राविधिक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै देशको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने र प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्छ, जसले गर...









