Thursday, May 7
Shadow

Author: Interview Nepal

चीनको रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु

चीनको रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२ः४० बजे मा आगलागी भएको जनाएको छ । अग्नीनियन्त्रक घटनास्थलमा पुगेका र दिउँसो ३ बजेसम्म खोजी र उद्धारकार्य पूरा गरेका विज्ञप्तिमा जनाइएको छ । घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । ...
राष्ट्रियगानका रचनाकार व्याकुल माइलालाई भारतीय अवार्ड

राष्ट्रियगानका रचनाकार व्याकुल माइलालाई भारतीय अवार्ड

ब्यानर समाचार 2
नेपाली राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई भारतको “डा.एपिजे अब्दुल कलाम अवार्ड २०२२” प्रदान गरिने भएको छ । कविता र साहित्यमा उनको योगदानलाई मूल्याङ्कन गर्दै डा.एपिजे अब्दुल कलाम इन्टरनेशनल फाउन्डेशनले उक्त अवार्ड दिन लागेको हो । फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ जन्मजयन्तीको अवसरमा आगामी १५ अक्टोबर (२९ असोज) गते पश्चिम बङ्गालमा आयोजना हुने कार्यक्रममा अवार्ड प्रदान गर्नेछ । नेपाली राष्ट्रियगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ वि.सँ.२०६४ साउन १८ गतेदेखि लागू भएको थियो । उनले रचना गरेको राष्ट्रियगानमा ४६ शब्द र १२८ शब्द रहेको छ ।  ...
भारतमा कस्तो प्रदर्शन गर्दैछ ‘प्रेम गीत–३’

भारतमा कस्तो प्रदर्शन गर्दैछ ‘प्रेम गीत–३’

ब्यानर समाचार 2, मनोरञ्जन
सेप्टेम्बर २३ मा रिलिज गरिएको चलचित्र प्रेम गीत-३ ले भारतमा राम्रो व्यापार गरिरहेको छ । भारतका ३ सय बढी स्क्रिन तथा नेपालमा २ सय बढी स्क्रिन पाएको चलचित्रले भारतमा पहिलो दिनमा नै ९२ लाख भारु कमाएको थियो । दोस्रो दिनमा ८० लाख भारतीय रुपैयाँ कमाएको चलचित्रले तेस्रो दिन ९५ लाख भारु कमाएको थियो । चलचित्रले चौथो दिनमा ४५ लाख भारु कमाएको थियो भने पाँचौँ दिनमा आम्दानी घटेर ३५ लाख भारु पुगेको थियो । चलचित्रले भारतमा करिब ३.४७ करोड भारु कमाएको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । चलचित्रका निर्माताहरुले पहिलो सप्ताहको अन्त्यमा चलचित्रले विश्वभरबाट ११ करोड भारु कमाएको चलचित्रले यो हप्ता १५ करोड भारु कमाउने अपेक्षा गरेको पनि भारतीय सञ्चारमाध्यमको भनाइ छ ।  ...
कमेडियन हिमेस पन्त धादिङबाट प्रतिनिधिसभा उम्मेदवार बन्ने

कमेडियन हिमेस पन्त धादिङबाट प्रतिनिधिसभा उम्मेदवार बन्ने

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त पनि उम्मेदवार बन्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी धादिङबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका हुन् । हिमेशलाई आफ्नो पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री डा. मुकन्द ढकालले जानकारी दिए । रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन् ।...
सूचनाको अवज्ञा : रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

सूचनाको अवज्ञा : रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

ब्यानर समाचार 2
काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । महानगरले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे रु एक सय जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो । रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ । कामपाका प्रमुख बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगरप्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरु जुनसुकै समयमा कारबाहीमा पर्ने बताउनुभयो । सूचनाको अवज्ञा गरेको पाइए सुर्तीजन्य पदार्थ –नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र जरिवना गर्ने बताइएको छ । कामपा नगरसभाको ११ औँ अधिवेशनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्ने व्...
सर्वोच्च अदालत दशैँमा ११ देखि ३ बजेसम्म  खुल्ने

सर्वोच्च अदालत दशैँमा ११ देखि ३ बजेसम्म खुल्ने

ब्यानर समाचार 2
सर्वोच्च अदालत बडा दशैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे सम्म खुला रहनेछ । दशैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ । ...
सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना  हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिनुभयो । मृत्यु हुनेमा जिप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहोरा, सोही ठाउँका ४० वर्षीय टोपबहादुर वली, उहाँका छोरा ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ का ५३ वर्षीय ललित वली रहेका छन् । बाँकेको ढकेरीबाट बिहेभोज खाएर फर्कंदै गरेका जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । जिपमा आठ पुरुष र एक महिला सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना परी घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खसे...
दैलेखमा मतदाता एक लाख ५८ हजार

दैलेखमा मतदाता एक लाख ५८ हजार

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष ७९ हजार चार सय २० र महिला ७९ हजार चार सय ३८ मतदाता कायम भएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र, चार प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कुल मतदानस्थल दुई सय सात र मतदान केन्द्र एक सय ३९ वटा कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विवेक पुरीले जानकारी दिनुभयो । सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष ३८ हजार नौ सय ४४ र महिला ३९ हजार तीन सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं १ मा ७३ मतदानस्थल र एक सय तीन मतदान केन्द्र छन् । यसैगरी दैलेख क्षेत्र नं २ मा पुरुष ४० हजार पाँच सय ७६ र महिला मतदाता ४० हजार एक सय छन् । यस क्षेत्रमा ६६ मतदानस्थल र एक सय चार मतदान केन्द्र रहेका कार्यालयले जनाएको छ । यस्तै चार प...
आजदेखि निर्वाचन आचारसंहिता लागू हुने

आजदेखि निर्वाचन आचारसंहिता लागू हुने

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्नगराउन निर्देशन दिएको हो । सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उ...
दशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा गरिँदै

दशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा गरिँदै

ब्यानर समाचार 2
बडादशैँ एवं नवरात्रिको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको निष्ठाका साथ विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती दे...