Tuesday, September 1
Shadow

Author: Interview Nepal

कुवेतमा अलपत्र कामदारको उद्धार

कुवेतमा अलपत्र कामदारको उद्धार

ब्यानर समाचार 2, समाचार
वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो । उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् । सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ । सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने ब...
आम्दानी घटेपछि फेसबुकले हटायो ११ हजार कर्मचारी

आम्दानी घटेपछि फेसबुकले हटायो ११ हजार कर्मचारी

ब्यानर समाचार 2
अमेरिकी प्रविधि कम्पनी फेसबुकले एकैपटक ११ हजार कर्मचारी कटौती गरेको छ । कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा आम्दानी घटेपछि कर्मचारी कटौती गरेको हो ।​ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीकारूपमा रहेको मेटाले १३ प्रतिशत कर्मचारी निकालेको हो । यसअघि, विश्वभर मेटाका ८७ हजार कर्मचारी थिए । यीमध्यबाट एकैपटक ११ हजार जनाले जागिर गुमाएको बीबीसीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यतिबेला मेटाको खराब समय चलिरहेको बताएका छन् । कम्पनीले कर्मचारी निकालेसँगै थप लगानीमा जोड दिने जुकरबर्गले बताएका छन् । उनले कर्मचारी कटौती गर्नेक्रममा मेटाको इतिहाँसकै सबैभन्दा समस्याग्रस्त समय रहेको बताएका हुन् । यस्तै, जुकरबर्गले कम्पनीबाट निकालिएका सबै कर्मचारीसँग माफीसमेत मागेका छन् ।  ...
बन्द हुनथाले सवारीसाधन बिक्रीका शोरुम

बन्द हुनथाले सवारीसाधन बिक्रीका शोरुम

ब्यानर समाचार 2, समाचार
देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै सरकारले गत वैशाखयता निजी प्रयोजनमा हुने कार, भ्यान तथा जिप आयातमा रोक लगाएको छ । लामो समयदेखि आयात रोकिएका देशभर सञ्चालित गाडीका अधिकांश डिलर बन्द हुन थालेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले जनाएकोे छ । गत साउनसम्मको विवरण अनुसार यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको झण्डै रु ९५ अर्ब लगानी भएको छ । एकातिर बैंक तथा वित्तीय संस्थाको ब्याजमा भएको वृद्धि तथा आयातमा भएको प्रतिबन्धका कारण व्यवसायी मारमा परेका छन् । नाडाको पछिल्लो तथ्याङ्क अनुसार आयातमा लगाइएको प्रतिबन्धका कारण ५८ डिलर बन्द भएका छन् । यस्तै, थप एक सयसम्म शो रुम बन्द हुने क्रममा पुगेका छन् । जसमा प्रदेश नं १ मा नौ, मधेस प्रदेशमा ११, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा तीन वटा सोरुम बन्द भए...
सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताउनुभयो । ...
जीप दुर्घटनामा तीन जनाको मृत्यु

जीप दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना भएको हो । प्यूठान नगरपालिका–१ खैराको पूर्णिमा मेला हेर्न गएका यात्रु बोकी प्यूठान नगरपालिका–५ पातलकटेरीतर्फ गइरहेको लु१ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पतलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती, ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको वडासदस्य चूडामणि थापाले जानकारी दिनुभयो । उक्त घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिनुभयो । स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो । जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक विनोद केएम फरार छन् । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको ...
सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल अमेरिकन फोटोग्राफर किटी पवलोस्की

सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल अमेरिकन फोटोग्राफर किटी पवलोस्की

ब्यानर समाचार 2, समाचार
  अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल भएकी छिन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेको बताएकी छिन् । उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्। निकै साहासी फोटोपत्रकारपवलोस्कीले ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको वेभसाइटमा जनाएकी छिन् । तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पार्दा मौसम असाध्यै अप्रत्यासित रहेको उनल बताएकी छिन् । उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो भन्ने आँटले यो काम गर्न सफल भएको बताउँदै हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन्।...
आज ५:११ देखि खग्रास चन्द्रग्रहण

आज ५:११ देखि खग्रास चन्द्रग्रहण

ब्यानर समाचार 2, समाचार
कार्तिक शुक्ल पूर्णिमामा आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बेलुकी ०५ : ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ : १३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ । बेलुकी ०५ :२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । ग्रहणको सुतक बार्नेले आज बिहान ०८ : ११ बजेदेखि भोजन गर...
परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।...