Saturday, May 4
Shadow

काठमाडौं–२ मा कस्तो रहला ओनसारिको अवस्था ! एमाले र राप्रपा को पहिलो हुन प्रतिस्पर्धा !


  • -इ
  • इ+

लेखक – माधव तिमल्सिना

काठमाडौं ।

कांग्रेस एक्लैले जित्ने अवस्थामा काठमाडौं २ मा रोल्पाबाट उम्मेदवार किन बोकेर ल्याएको भन्दै कांग्रेसभित्रका असन्तुष्ट समूह अहिलेसम्म निस्क्रिय भइरहेको अवस्थामा अब  त्यस  क्षेत्रका  कांग्रेसका क्षेत्रीय नेतृत्व र स्वयम् माओवादी केन्द्रका नेतृत्व र उम्मेदवारसँग जमेर प्रश्न गर्ने निश्कर्ष निकालेका छन् । अझ विशेषगरी माओवादी केन्द्रका उम्मेदवारलाई आफ्नो कुन जगमा जित्छु भन्दै कांग्रेसको पकड क्षेत्रमा आउनु भयो भनेर जमेर प्रश्न गर्ने उनीहरुको भनाइ छ ।

माओवादी कार्यदलका पार्टी अध्यक्ष प्रचण्डका अत्यन्त विश्वासिला सदस्य वर्षमान पुनले माओवादी केन्द्रको एकल नाम सिफारिस भएका कृष्णराज सुबेदिको नाम हटाएर कुनै पनि पार्टी कमिटीबाट  सिफारिस नभएकी आफ्नी श्रीमती ओनसरी घर्तीलाई काठमाडौं २ मा बोकेर ल्याएर उम्मेदवार बनाएको भन्दै कांग्रेसबाट सम्भावित उम्मेदवार माधवी भट्टले आक्रोस पोख्दै प्रचण्डका विरुद्ध गोरखामा उम्मेदवारी दिएकी पनि थिइन । पछि माथिको दवावमा उम्मेदवारी फिर्ता लिए पनि माधवीसहितको ठूलो हिस्सा काठमाडौंको दुई नम्बर क्षेत्रमा गठबन्धनका उम्मेदवारको पक्षमा लागेकै छैनन् ।

काठमाडौं दुईलाई टुरिस्ट नेताको प्रयोगशाला बनाएको भन्दै यसबाट पार्टी हेरेर होइन स्थानीय उम्मेदवारलाई मत दिनुपर्ने अभियान चलाउनुपर्ने बहस सुरु भएको छ ।

‘काठमाडौं–२ मा निर्वाचन लडिरहेकी ओनसरी घर्ती अपायक र असुविधा भनेर डेरासम्म नलिएको भन्दै यिनले हाम्रो क्षेत्रमा आएर के विकास गर्छिन ? राजनीतिलाई नाम र कमाउने धन्दा बनाएकाहरुबाट कुनै अपेक्षा छैन’, कांग्रेसले माधवी भट्टलाई निर्वाचन उठाउनु पर्दथ्यो भन्ने एक कांग्रेसी कार्यकर्ताले इन्टरभ्यु नेपालको सम्बादातालाई बताए ।

‘अदालतले कालो सूचीमा राखेका विवादास्पद ठेकेदार, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै घरभेटी शारदा अधिकारीको अर्काे घर ललितपुरमा वर्षमानको परिवार बस्ने, लारक्याल लामा जस्ता विवादास्पद व्यापारी लारक्याल लामासँगको साँठगाँठबाट पुन र उनकी श्रीमती ओनसरी घर्तीबाट सुशासन होला भनेर के विश्वास गर्ने ?’ माधवी भट्टका निकट ती कार्यकर्ताले प्रतिक्रिया दिए ।

एकथरि कांग्रेसी कार्यकर्ताहरु आफूले जित्ने निश्चित भएका निर्वाचन क्षेत्रहरु काठमाडौं दुई र सातलाई माओवादी केन्द्रका नेताहरुका परिवारहरुलाई कांग्रेस नेतृत्वले किस्तीमा राखेर दिएको भन्दै यो लोकतन्त्रमा परिवारवादलाई निरुत्साहित गर्न पनि सचेत मतदाताले मत दिनु नहुने भन्दै सक्रिय भएका छन् ।

काठमाडौं २ मा वाहिरबाट ल्याइएका नेता तथा कार्यकर्ताहरुको स्थानीय कार्यकर्तामाथि देखिएको हावी, अनावश्यक भिडको नियमित परिचालन, गाडीलगायतको निर्वाचन प्रचारप्रसारको तडकभडकले ओनसरीप्रति दिनदिनै मतदाताहरुमा असन्तुष्टि चुलिंदै गएको कांग्रेसका स्थानीय कार्यकर्ताहरु बताउछन् । ओनसरीको यही रफ्तारमा ओरालो लाग्ने हो भने एमाले र राप्रपाबीचमा नै मुख्य प्रतिस्पर्धा हुनेछ । गठबन्धनको यस्तो अबस्थामा छ भने एमाले र राप्रपा चाहिँ यो अबस्थाको फाइदा उठाउदै पहिलो हुने प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares