Monday, May 6
Shadow

ईश्वर भन्ने चिज यस्तो रहेछ


  • -इ
  • इ+
विश्व मा कुन ईश्वर ठूलाे अथवा कसकाे ईश्वर ठूलाे ? इत्यादि विवाद लामाे समय देखि सुनिँदै आएकाे छ । आज एस विषय मा केही मनन गराैं । एस कुरा काे समाधान वेद वाङ्मय र भगवद् गीता मा स्पष्ट रूप मा पाइन्छ ।
पहिले के कुरा बुझाैं भने ईश्वर भन्ने जुन महान् तत्त्व छ त्याे वास्तवमा संसारमा एउटै मात्र छ र त्याे सर्वव्यापी पनि छ । साथै ऊ साकार रूप धारण गर्न पनि सक्छ र निराकार भइरहन पनि सक्छ । साथै ऊ प्राणी मात्र काे साझा पनि हाे । एसरी याे ईश्वर भनिने तत्त्व एस्ताे रहेछ भन्ने निश्चित भए पछि र सर्वव्यापी पनि छ भन्ने भए पछि एस्ताे एकल साझा तत्त्व लाई तेराे र मेराे अनि ठूलाे र सानाे भन्ने प्रश्न उठाउनु कहाँ सम्म उचित हाेला र ?
वैदिक वाङ्मय मा के पनि भनिएकाे छ भने संसार काे रचना गर्ने, सञ्चालन गर्ने र प्रलय गर्ने सबै काम उही ईश्वर कै अध्यक्षता मा हुने गर्छ हेर्नु हाेस् गीता नवाैं अध्याय। अनि विना ईश्वर एति ठूलाे संसार काे एति राम्राे सँग सञ्चालन हुन सम्भवै छैन एसर्थ त्याे शक्ति भनेकाे हामी जसलाई भगवान् वा ईश्वर वा परमात्मा इत्यादि नाम ले पुकार्छाैं ! तेही नै हाे। याे मननीय विषय मा मानव जाति ले ध्यान दिएकै हुनु पर्छ।
हामीले एस कुरा काे जानकारी संसार काे जेठाे ग्रन्थ वेदवाङ्मय बाट पाउँछाैं। वेद मा स्पष्ट रूप मा दिइएकाे छ । हिन्दू जगत मा श्रद्धा गरेर विशेष पढिरहने धार्मिक ग्रन्थ हरू मा मुख्यतया वेद र भगवद्गीता नै हुन् । यी दुवै ईश्वर त्तत्त्व बुझाउने सन्देह रहित ग्रन्थ पनि हुन् । यी दुवै काे निष्कर्ष एसै कुरा मा गएर टुङ्गिएकाे छ र भनिएकाे छ कि ईश्वर भन्ने तत्त्व विद्यमान छ र त्याे एउटै मात्र छ।
वेद र गीता मा फरक फरक शैली मा याे कुरा बुझाइएकाे छ । मेरा विचार मा हरेक मनुष्य ले वेद र गीता पढ्नु अत्यावश्यक छ । यी दुवै विश्व का महान् र साझा ग्रन्थ हुन् । चाहे हिन्दू वा क्रिश्चियन वा इस्लाम वा शिन्ताे वा अन्य जुनसुकै परिवार मा जन्मेकाे व्यक्ति नै किन नहाेस् राम्रा कुरा सबैले जान्नु पर्दछ । जान्न नखाेज्दा ठगिने काे हाे??  स्वयं नै हाे ।
अब हामी वेद का केही मन्त्र वा श्लाेक काे स्मरण गरेर अझै ढुक्क बनाैं ,जस्तै ” एकं सद् विप्रा बहुधा वदन्ति ” अर्थात् भगवान् एउटै हुनुहुन्छ तर विद्वान् हरू वहाँ लाई फरक फरक नाम ले चिनाउँछन् -ऋग्वेद 
” स एष एक एकवृदेक एव ”अर्थात् ईश्वर भन्ने तत्त्व एउटै छ नबिर्स है नि ईश्वर एउटै मात्र छ अनेक छैन –अथर्व वेद१३।५
” एकाे देवः सर्वभूतेषु गूढः सर्वव्यापी सर्वभूतान्तरात्मा ” श्वेताश्वतर उपनिषद् ६।११
भगवान् एउटा मात्र हुनुहुन्छ र वहाँ सर्वव्यापी र सबै प्राणी काे अन्तरात्मा मा पनि हुनुहुन्छ । जस्ताे हाम्राे परिदृश्य मा आकाश र हावा सर्वव्यापी छन् ती भन्दा पनि सूक्ष्म रूप ले भगवान् सर्वव्यापी हुनुहुन्छ ।
” तदेवाग्नि तदादित्य तद्वायुस्तदु चन्द्रमा । तदेव शुक्रं तद् ब्रह्म ता आप स प्रजापति” यजुर्वेद ३२।१
अर्थात् उनै एउटै परमात्मा कतै अग्नि कतै सूर्य कतै चन्द्रमा र प्रजापति इत्यादि विविध नाम बाट पनि चिनिनु हुन्छ तर ती नाम मात्र हुन् बताउन खाेजेकाे तत्त्व एउटै परमेश्वर हाे ।
अब के प्रश्न उठ्छ भने ”तेसाे भए हाम्रा ब्रह्मा, विष्णु, शिव, गणेश, दुर्गा भगवती र सूर्य इत्यादि फरक फरक अनुहार भएका, फरक फरक इतिहास भएका, फरक फरक लाेक भएका र फरक फरक महिमा भएका भगवान हरू के हुन् त ? के उनीहरू संसार का रचयिता परमेश्वर हाेइनन् ? ” याे उत्तम प्रश्न हाे । यसकाे समाधान गीताकाे विभूति याेगमा दिइएकाे छ र भनिएकाे छ ‘उक्त देवता हरू ईश्वर परमात्मा कै दिव्य विभूति हरू अथवा अवतार विशेष हुन् ।’  गीता दशाैं अध्याय
एस सन्दर्भ लाई अझै एसरी पनि बुझाैं । जस्तै विष्णु शंकर गणेश र इन्द्र पनि राम कृष्ण बुद्ध कपिल वामन र नृसिंह जस्तै ईश्वरीय अवतार हुन् । पुराण हरू इनै अवतार काे चिनारी दिने ग्रन्थ हुन् । वेद र गीता परब्रह्म परमात्मा कै चिनारी दिने ग्रन्थ हुन् ।
याहाँ नेर हामी नेपाली हरू ले बुझ्नै पर्ने अति महत्त्व काे अर्काे कुरा के पनि छ भने वेद काे गान गर्ने ऋषि महर्षि हरू एही पवित्र हिमवत्खण्ड कै निवासी हुन् ।एसर्थ नेपाल भूमि संसार कै जेठाे ग्रन्थ वेद लेख्ने गाैरवशाली देश पनि हाे एकातिर भने भगवद् गीता काे मूल ग्रन्थ महाभारत पनि एही भूमि काे उपज भएकाले गीता ग्रन्थ काे जन्मदाता भूमि पनि हाे ।
लेखक :मुकुन्दशरण उपाध्याय
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares