Friday, April 19
Shadow

देश बन्न सक्छ सत्तामा कलाकार राखेर


  • -इ
  • इ+


गह भित्रभित्रै आँसु परेलामा, श्रिङ्गार राखेर
परदेशियो छोरो आमाको पाउमा निधार राखेर
चलचित्र गुणस्तर बन्छ नेतालाई खेल्न दिनुहोस्
बरु देश बन्न सक्छ सत्तामा कलाकार राखेर

म एक रोगी थिए माया केहो? जान्न नपाएको
तिमी आयौ गयौ डाक्टर जसरी उपचार राखेर
कलम ठूलो होकि? तरबार उत्तरमा के भनौं??
सोधियो टेबुलमुनि कलम गर्धनमा तरबार राखेर

आसपासमा छैन जीवनमा छैन तैपनि उ मेरै हो
बगर हु बसेको छु छातीमा उसैको आकार राखेर

देव राज ढकाल
सूर्यगढी,नुवाकोट

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares