Friday, March 29
Shadow

प्रकाश सापकोटाको स्वरमा “सम्झना धेरै छ” भिडियो सार्वजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर,कार्तिक १८
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक प्रकाश सापकोटा , कबिता फुयाल ,रबिन गहतराज र रिता ठकुरी को स्वरमा नयाँ गीत “ सम्झना धेरै छ ” सार्वजनिक भएको छ।

यो गीतमा शब्द गायिका रिता ठकुरी रहेको छ भने संगीत दिनेश सुन्दास को रहेको छ । यस गितलाई संगीत संयोजन नारायण दङ्गगल ले गरेका छन् ।
मिलन फिल्मस् प्रा लि को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा मुकेश हुमागाई कोे छायांकन रहेको छ भने रोशन धिताल ले सम्पादन गरेका छन्। यो दोहोरी भाकालाई एम एफ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई मान बहादुर बराल ले मिक्सिङ गरेका हुन् ।

मिलन श्रेष्ठ ले निर्देशन गरेको भिडियोमा सुरज श्रेष्ठ, अनु पराजुली, आर एन कार्की र प्रन्ंसा दाहाल को उत्कृष्ट अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई मिलन फिल्मस् प्रोडक्सन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

“सम्झना धेरै छ” बोलको गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रतिकृया एकदम राम्रो आएको गायक सापकोटा ले जानकारी दिए ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares