Friday, March 29
Shadow

Tag: बालिका बलात्कृत

कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २२ कैलालीको धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमवार बलात्कार भएको प्रहरीले जनाएको छ । बालिकामाथि उनकै छिमेकी भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बिष्टले जाहेरी दर्ता भएको र सोही जाहेरीका आधारमा कोरीलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । कोरीले मामाघरमा आएका बेला बलात्कार गरेको र अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...