Saturday, April 27
Shadow

Tag: कैलाली

कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २२ कैलालीको धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमवार बलात्कार भएको प्रहरीले जनाएको छ । बालिकामाथि उनकै छिमेकी भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बिष्टले जाहेरी दर्ता भएको र सोही जाहेरीका आधारमा कोरीलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । कोरीले मामाघरमा आएका बेला बलात्कार गरेको र अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए । उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।...