Thursday, April 18
Shadow

Tag: औषधि

टिबी रोगको नयाँ औषधि पत्ता लगाए वैज्ञानिकले

टिबी रोगको नयाँ औषधि पत्ता लगाए वैज्ञानिकले

स्वास्थ्य
काठमाडौं, पुस १८ । वैज्ञानिकले ट्युबरकुलोसिस अर्थात् टिबीको औषधि पत्ता लगाएका छन् । बेडाक्युलिन नामको जुन औषधिको मद्दतले ९० प्रतिशत रोगीको उपचार सम्भव भएको उनीहरूले दाबी गरेका छन् । बेलारुसमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको बताइएको छ । वैज्ञानिकले टिबीरोगीलाई केही महिनासम्म एन्टिबायोटिकसँगै नयाँ औषधि बेडाक्युलिन दिएका थिए । १८१ जना टिबी रोगीको उपचार गर्दा १६८ जना पूरै ठीक भएका थिए । परीक्षणका लागि सो औषधि युरोप, अफ्रिका तथा साउथ एसिया पनि सुरु गरिएको छ । अनुसन्धान टिमका प्रमुख हेड एलेनाका अनुसार नयाँ औषधि टिबीको उपचारका लागि प्रभावकारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसअघि मल्टिड्रग रेसिस्टेन्ट ट्युबरक्लोसिसमा ५५ प्रतिशत मात्र उपचार सफल भएको थियो । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार २०१७ मा टिबी रोगबाट करिब १७ लाख मानिसको मृत्यु भएको थियो । वायु संक्रमणका क...