Friday, April 26
Shadow

भारतमा कोरोना भ्याक्सिनका लागि अनलाइन रजिस्ट्रेशन शुरु


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १३ ।

कोरोना महामारीबाट बच्न भारतमा भ्याक्सिन वितरणको तयारी तिव्र रुपमा चलिरहेको छ । २०२१ को शुरुवातमै भ्याक्सिन वितरण हुने बताइएको छ ।

प्रशासनले पनि भ्याक्सिन वितरणका लागि सबै तयारी पूरा गरिसकेको छ । साथै भ्याक्सिन उपलब्ध गराउनका लागि अनलाइन रजिस्ट्रेशन शुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रजिस्ट्रेशनका लागि आधारकार्डलाई मान्यता दिइएको छैन । अमहदावाद नगर निगमले घरदैलोमा आफ्नो टिम पठाएर ६० वर्ष भन्दा माथिका ज्येष्ठ नारिकको रजिस्ट्रेशन शुरु गरेको छ ।

साथै अनलाइनमार्फत पनि रजिस्ट्रेशन शुरु गरिएको छ ।

अहमदावाद निगमले कोरोना भ्याक्सिन सर्भेमा जो सहभागी हुँदैनन् उनीहरु अनलाइन रजिस्ट्रेशन गर्नसक्ने बताएको छ ।

यसका लागि कुनै पनि नागरिकले आफ्नो लाइसेन्स वा भोटरकार्ड र प्यानकार्डका साथै परिचयपत्र राखेर अनलाइनमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

यद्यपि भ्याक्सिनका लागि आधारकार्डलाई भने मान्यता दिइएको छैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares