महेन्द्र अधिकारी/ललितपुर, कार्तिक ३
लोक दोहोरी गायक हेम श्रेष्ठ र प्रमिला लामा वाइबा को “डाँडैको चौतारी” बोलको गीत बजारमा सार्बजनिक भएको छ । गीतमा गायिका प्रमिला लामा वाइबा र हेम श्रेष्ठ को स्वर रहेको छ भने पार्शव स्वरमा गोमा श्रेष्ठ, प्रमिला मगर, दिनेश श्रेष्ठ र कृष्ण लामिछाने ले साथ दिएका छन् ।
मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेर्कड गरएिको गीतमा शब्द भने गायिका प्रमिला लामा वाइबा रहेको छ भने संगीत गायक हेम श्रेष्ठ रहेको छ । यस गितमा राजेश बर्देवा को एरेन्ज रहेको छ ।
“डाँडैको चौतारी” गीतले नुवाकोटको पर्यटन क्षेत्रलाई बढि समावेश गरेको छ। यस गीतले नुवाकोट लाई मात्र नभई धादिङ्ग लाई पनि केही सहयोग गरेको छ।
समिर ठोकर को निर्देशन, छायांकन सुमन तामाङ्ग ले गरको उक्त गीतको म्युजिक भिडियोमा अयुशा कार्की र रुपेश यौजन को अभिनय देख्न सकिन्छ । उक्त गीतलाई कृष्ण लामिछाने ले मिक्सिङ गरेका हुन् । गीतको भिडियोलाई हामी सबैको युट्युब अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।