के हुँदो रहेछ र,अग्लो बनेर,ठूलो बनेर।
बाँस टुक्रीदै टुक्रीदै सकियो,डोको बनेर।।
स साना दाउराहरु बले सकिए,खरानी बने हेर्नुस,
ठुला काठहरु बस्छन,अचानो बनेर।
अक्सर छाती ठूलो हुनेले नै हो,दुख पाउने,
फराकिलो ढुङ्ग्गा बस्नुपर्छ,सिलौटो बनेर।
जिन्दगीभर सफा गर्यो,आफैं फोहोर बनेर गयो,
आखिर के पायो त कुचोले कुचो बनेर।।
हावा हलुङ्गो थियो,संसार नियाल्न पायो,
ढुङ्गाको बगरमै जिन्दगी सकियो गरुङ्गो बनेर।।
माधव घिमिरे/नुवाकोट