Saturday, April 27
Shadow

वचन सहकारीले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने


  • -इ
  • इ+

काठमाडौ – वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९ गते काठमाडौंको गोकर्णमा आय‍ोजित सहकारी शिक्षा तथा वनभ‍ोज कार्यक्रमको अध्यक्षता गर्दै उहाँले ‘अहिलेको विषम परिस्थितिमा सम्भाव्यता हेरेर हाम्रा कार्यक्रमलाई सहयोग गर्दै वचनको पछि लाग्नु वचनको जीत हो र वचनक‍ो जीत भनेको यसका सदस्यको जीत हो’, भन्नुभयो । सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय ख‍ोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । शेयर सदस्य , कर्मचारीहरु लगायतमा शुभकामना व्यक्त गर्दै उहाँले आगामी वर्षदेखि वचनको स्थापना दिवस लगायतका रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका लोकसेवा आयोगका सहसचिव मनोविद डा.खगेन्द्रप्रसाद सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै ‘यस संस्थासँग परिचय भए पश्चात २/३ वर्ष वचनको बारेमा अध्ययन गरें र सहकारी नियम अनुसार अगाडि बढेको देखेपछि मैले यस संस्थामा बचत गर्न थालें’, भन्नुभयो । ‘यस संस्थाले थप उदाहरणीय कार्य गर्न सकोस् भनी कामना गर्दछु’, उहाँको थप भनाइ थियो ।

यसैगरी कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गरेका राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व निर्देशक शिवप्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै वचनको सञ्चालनको इमान्दारिता, सदस्यको सक्रियता र कर्मचारीको दक्षता मिलाउन सक्नुभयो भने सहकारी अवधारणा साकार हुनेछ र सहकारीका सदस्यहरुले नियमानुसार लगेका ऋणहरु समयमा नै फिर्ता गरेमा सरकार तथा सहकारी अभियानलाई सहयोग हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन गर्दै सोही संस्थाकी सञ्चालक तथा ऋण उप-समिति संयोजक शान्ता गौतमले अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) को सिद्धान्त अनुसार सहकारीमा महिला र पुरुषको प्रतिनिधित्व बराबर हुनु पर्ने भएकोले आगामी ३ वर्ष भित्र वचनमा सदस्य संंख्या ५,००० पु-याउने र त्यसमा महिला र पुरुषको संख्या बराबर बनाउने भनेर हामी अभियान चलाइरहेका छौं भन्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सहकारी विज्ञ तथा त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.देशमर्दन बस्न्यातले अर्थ मन्त्रालयको सर्वेक्षण,२०७९ अनुसार देशभरका ७७ वटै जिल्लामा सहकारीक‍ो संंख्या ३०,८७९ रहेको र यिनमा ७३,७२,२५२ सदस्य रहेका छन् । यो नेपालको कुल जनसंख्याको करिव २५ प्रतिशत हो । मुलुकमा देखा परेको आर्थिक मन्दीको असरले सहकारी क्षेत्र सहित निम्न आय देखि उच्च आय भएकासम्मलाई कुनै न कुनै रुपमा छोएको र यसबाट समग्र अर्थतन्त्रलाई नकरात्मक प्रभाव पारेको छ । हामीले बुझ्नु पर्ने कुरा के छ भने- जब मुलुकमा सहकारी अभियान बलियो बन्दै जान्छ, देश र जनता समृद्धितिर अग्रसर हुँदै जान्छ भन्ने ज्वलन्त उदाहरण हाम्रो देशको अर्थतन्त्रको सूचाङ्कहरुले संकेेत गरेका छन्’, भन्नुभयो ।

सहकारी अभियानमा समस्या देेखिदा त्यसको असर समग्र अर्थतन्त्रमा परेको छ भन्दै उहाँले जब मुलुक आर्थिक रुपमा असफल भइसकेपछि अन्तर्राष्ट्रिय जगतक‍ो अभ्यास हेर्दा सहकारी अभियानबाट त्यस मुलुकको अर्थतन्त्र उचाईमा पु-याउन सहयोग पु-याउने कार्यमा सहकारीको ठूलो भूमिका रहने उदाहरण रुवाण्डाको गृहयुद्धपछि सहकारी सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणको औजार बनेको देखिएको बताउनुभयो । उहाँले अहिले सहकारीमा देेखिएको समस्यालाई नयाँ कुरा सिक्ने अवसरको रुपमा लिनुपर्छ र नेपालको परिवेशमा घटेको सहकारीको समस्या आउने पिंढीका साथै अन्य देेेशका सहकारीकर्मीहरुले शिक्षाको रुपमा ग्रहण गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।

मैले सन् १९५० देखि सन् २०१२ सम्मको केही देशको सहकारी अभियानको अध्ययन गर्दा इटालीको समग्र सहकारी आन्दोलन तथा जर्मनीमा उपभोक्ता सहकारीमा आएको समस्या र तिनको सही पहिचान गरी निराकरण गरिएको देखिन्छ भने सन् १९९४ पछि जापानमा खराब ऋणले क्रेडिट को-अपरेटिभमा समस्या आएपछि त्यसको रचनात्मक तथा मौलिक रुपमा पुन:संरचना गरि दीर्घकालीन संकट व्यवस्थापन गरेको देखिन्छ । त्यहाँको क्रेडिट को-अपरेटिभको असफलताको जड आफ्नो मौलिक सामाजिक सन्दर्भ र तिनीहरुको मौलिक वातावरणसँग मेल नखाएको साथै नयाँ वातावरणमा पूर्ण रुपमा प्रतिकूल हुने गरि व्यवस्थापन गरिनु रहेको थियो । यस्तै २१औँ शताब्दीको शुरुमा अमेरिका र क्यानडाका कृषि सहकारीले धक्का बेहोरेको ज्वलन्त उदाहरण छ । त्यस अघि सन् १९३० को आर्थिक मन्दी र द्वितीय विश्वयुद्धको समयमा संयुक्त राज्य अमेरिकामा उपभोक्ता सहकारीको असफलताको बाबजुद पनि कृषि र वित्तीय सेवा प्रदान गर्ने सहकारीको उल्लेखनीय सुधार भएको देखिएको छ ।

यो समस्यालाई उनीहरुले शिक्षाको रुपमा लिई दीर्घकालीन रुपमा समस्या समाधान गरेको देखिएको छ भने नेपालको सन्दर्भमा सहकारी ऐन तथा नियमावली, अन्य सरकारी निर्देशिकाहरु र स्वनियमनको परिकल्पना अनुरुप कार्य नगरी आफू र आफ्नो समूहको लाभ अनुरुप कार्य गरेको हुनाले नेपालको सहकारी आन्दोलनलाई मूलधारमा ल्याउन गाह्रो परेको देखिएको बताउदै उहाँले ‘हाम्रो यस वचन बचत तथा ऋण सहकारी संंस्था लि.को परिकल्पना शहरको बचतलाई गाउँ तथा अर्ध-शहरी क्षेत्रमा लगानी गरि हाइब्रिडको अवधारणा अनुरुप बढी उत्पादनशील क्षेत्रको खोजी गरिरहेको व्यहोरा हाम्रा शेयर सदस्यहरुमा अवगत गराउदछु’, भन्नुभयो ।

संस्थाको शिक्षा उप-समिति र वनभोज कार्यक्रम संयोजन समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संयोजन त्यसै संंस्थाका शिक्षा उप-समिति संय‍ोजक सुरेश धिमालले गर्नुभएको थियो ।

कार्यक्रममा त्यस संंस्थाका सदस्यहरुले यस संस्थाले सदस्य राहत कार्यक्रम शुरु गरेकोमा अति नै खुशी लागेको बताउदै सामाजिक सञ्जाल मार्फत संस्थाको हरेक महिनाको आर्थिक गतिविधिहरु सार्वजनिक गर्नुभएको हुँदा हामी सदस्यहरुलाई कार‍ोबार गर्न दुविधा नरहेको र यसरी नै संस्थाका अन्य गतिविधिहरुको सूचना पनि सदस्यहरुमा प्रवाह गर्न सकेमा संस्था संंख्यात्मकका साथै गुणात्मक रुपमा पनि विकास हुने धारणा व्यक्त गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares