Wednesday, April 24
Shadow

Tag: सरकार विरुद्ध प्रदर्शन

मंसिर २९ गते काँग्रेसले धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्ने

मंसिर २९ गते काँग्रेसले धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, मंसिर २४ नेपाली काँग्रेस धादिङले मंसिर २९ गते सदरमुकाम धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्न लागेको छ । सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति को विरुद्ध प्रदर्शन हुने नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले बताए । सभापति धमलाका अनुसार तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, भ्रष्टाचार, बेथिति र दमनकारी व्यवहारका विरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले उक्त दिन देशभर प्रदर्शन गर्ने छ । उनले उक्त प्रदर्शनमा भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ता साथीहरू, बुद्धिजीवी, संचारकर्मी, किसान, मजदुर, पेशाकर्मी, उद्योगी, व्यवसायी, युवा, विद्यार्थी सबैलाई सहभागिताका लागि ने अप...