
कृषि परियोजनाको क्षेत्रमा राष्ट्रिय सहकारी बैंकले लगानी नगर्ने
चालू आर्थिक वर्ष ०७७र०७८ मा कृषि तथा कृषि परियोजनाको क्षेत्रमा राष्ट्रिय सहकारी बैंकले लगानी नगर्ने भएको छ । गत वर्ष बैंकले कूल २७ अर्ब १५ करोड २६ लाख ४७ हजार कर्जा लगानी गरेकोमा कृषि तथा कृषि परियोजनातर्फ मात्र ७ करोड ३५ लाख ४४ हजार ९ सय ९४ रुपैंया लगानी गरेको थियो । जुन कुल लगानीको शून्य दशमलव २७ प्रतिशत मात्र हो ।
बैंकले चालू आ.वको कर्जा सम्बन्धी विविध शीर्षकहरु मध्यबाट कृषि सम्बन्धी लगानीको शीर्षक हटाएको हो । बैंकका अनुसार आवश्यकता र लगानीका आधारमा चालू आर्थिक वर्षमा कृषि शीर्षकको लगानी हटाउनु परेको हो । सहकारी बैंक सबै सहकारीको थोक कर्जादाता भएका कारण र कृषि क्षेत्रका लागि लगानी गर्न राष्ट्र बैंकबाट पाउने सहुलियत कर्जा समेत यसपटक उपलब्ध नभएकाले सो शीर्षक नै हटाउनुपरेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताउनुभयो ।
बैंकले वस्तुको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारी...