Tuesday, April 16
Shadow

Tag: संसद विघटन

संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा, आज पनि बहस हुने

संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा, आज पनि बहस हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछि सोमबारका लागि पेशी तोकिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा हुने भन्ने विषय टुंगिएसँगै आइतबारबाट मेरिटमा प्रवेश भएको हो । आइतबार भएको बहसमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुनिल पोखरेल, रिट निवेदक सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमाथि पहिलो दिनको सुनुवाइमा भीमार्जुन आचार्यले संसद विघटन हुनै नसक्ने तर्क प्रस्तुत गरे । ‘संविधानअनुसार दुई अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ । एउटा, प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा र अर्को, संविधानअनुसार...
संसद विघटनविरुद्धको रिटको सुनुवाई आज हुँदै, कहिले लाग्छ मुद्दाको टुंगो  ?

संसद विघटनविरुद्धको रिटको सुनुवाई आज हुँदै, कहिले लाग्छ मुद्दाको टुंगो ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २२ । आजदेखि सर्वोच्च अदालतको संबैधानिक इजला मा प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमाथि सुनुवाई हुदै छ । यसअघि पुस १० गतेको अदालतको आदेशानुसार यही पुस १९ गते राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ अदालतमा दर्ता भइसकेको छ । त्यस्तै इजलासले एमिकस क्युरी गठन गर्ने निर्णय अनुसार नेपाल बार एसोसियसनबाट ३ जना वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिसकेको छ । त्यस्तौ सर्वोच्च बारले बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो । तर बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेकाले उनको ठाउमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । संबैधानिक इजलास र बृहत पूर्ण ...
संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, पुष ६ संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ८ वटा रिट पेश भएका छन्। सर्वोच्चमा आइतबार ३ वटा र सोमबार दिउँसोसम्म थप ५ वटा रिट गरी ८ वटा पेश भएको छ। आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए। सोमबार पनि रिट पेश गर्नेक्रम जारी रहेको बताइएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसका विरुद्धमा अदालतमा यति ठूलो संख्यामा रिट परेका हुन्। संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै संविधानविद्हरुले असंवैधानिक कदम बताएका छन्। उनीहरुले ओलीको यो निर्णयलाई संविधानमाथि 'कू' को संज्ञा दिएका छन्।...
संसद विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा

संसद विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तय भएको छ । ‘मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७...
नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन्। यसको असर र प्रभाव के हुन्छ भन्ने प्रष्ट छैन। नेकपाको स्थायी कमिटी बैठक आइतबार नै बस्दैछ। सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपामा पछिल्लो समय बढेको तनाव झन चुलिएको थियो। १ पुसमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। पार्टीको निर्णयअनुसार अध्यादेश फिर्तासम्बन्धी निर्णय गर्न आलटाल गरेका प्रधानमन्त्री ओलीले शनिबार दौडधुप तीब्र पारेका थिए। उनले खुमलटारस्थित निवा...