Friday, March 29
Shadow

Tag: विजया दशमी

हिन्दु धर्मवलम्बीको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै

हिन्दु धर्मवलम्बीको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै

Uncategorized, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ, असोज २० केशब श्रेष्ठ हिन्दु नेपालिहरुको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै छ । बडा दशैं अर्थात् विजया दशमी  नेपालीहरूको महान चाडकोे रुपमा लिइन्छ । राष्ट्रिय चाडको रुपमा समेत मानिने दशैं हिन्दु धर्मवलम्बीहरूले घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ र दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म मनाउने गर्छन् । देश विदेश वा टाढा टाढा भएका आफ्ना परिवार, साथिभाइ र आफन्तजनसँग भेटधाट हुने वातावरण सिर्जना हुने यो समयले आफ्नो सुभचिन्तकहरु सँग खुसी र रमाइलो गर्ने सुनौलो अवसर जुटाइदिन्छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई खास अर्थ र महत्वका रुपमा लिइन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ...