Thursday, April 25
Shadow

Tag: वाग्मती प्रदेश

वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेको बुधबार बसेको वाग्मती प्रदेशको सातौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामुख सानुमार श्रेष्ठले जानकारी दिए । सभामुख श्रेष्ठका अनुसार प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा २०१ को उपचार २ प्रयोग गर्दै उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुखले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा, व्यवहार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणाीकरण गरेक...
वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

आर्थिक, टिप्स, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।...
वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कती जना मन्त्रीको राजीनामा

वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कती जना मन्त्रीको राजीनामा

ब्यानर समाचार 2, राजनिती
  काठमाण्डौँ, पुष १० सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ । प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा प्रदेशका तीन जना मन्त्रीसहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । राजीनामा दिएका मन्त्रीसहित ४६ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।...