Saturday, April 20
Shadow

Tag: वरिष्ठ नेता पौडेल

वरिष्ठ नेता पौडेल भन्छन्- संसद पुनर्स्थापनाको फैसलाले मुलुकलाई संकटबाट जोगायो

वरिष्ठ नेता पौडेल भन्छन्- संसद पुनर्स्थापनाको फैसलाले मुलुकलाई संकटबाट जोगायो

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई सङ्कटबाट जोगाएको बताएका छन् । सिरहामा आज पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताएका हुन् । “सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको थियो”, पौडेलले भने, “अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ ।” न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उनको भनाइ थियो । सम्बोधनका क्रममा नेता पौडेलले मधेशलाई बचाउने र जोगाउने काम नेपाली कांग्रेस मात्र गर्नसक्ने दाबी गर्दै उनले मधेश र कांग्रेस एक अर्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिर गरे ।...
विकसित घटनाबारे धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग

विकसित घटनाबारे धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, माघ २२ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विकसित घटनाका विषयमा पार्टीको धारणा तयार गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन्, संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो,’ बिहीबार पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ ।’ पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको जानकारी दिएका छन् । प्रतिनिधिसभा विघटनपछि ७ पुसदेखि सुरु भएको बैठक १३ माघमा सकिएको थियो । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोधमा भन्दै कांग्रेसले २४ माघमा शुभेच्छुक संस्थाहरू र ३ ...
वरिष्ठ नेता पौडेलको ओलीलाई चुनौती- सक्नुहुन्छ भने मसँग चुनाव लड्नुस्

वरिष्ठ नेता पौडेलको ओलीलाई चुनौती- सक्नुहुन्छ भने मसँग चुनाव लड्नुस्

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् । बिहीबार सानेपामा केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्दै आफूसँग चुनाव लड्न चूनौती दिएका हुन । बुधबार एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले पौडेललाई चुनाव जितेर सभापति बनेर देखाउन चुनौती दिएका थिए ।पत्रकारहरुले पौडेललाई केही समय अघि नेकपाका असन्तुष्ट पक्ष दाहाल–नेपालसँग भएको छलफलका विषयमा समेत जिज्ञासा राखेका थिए । सो जिज्ञासामा नेता पौडेलले आफूलाई पदको लोभ भन्दा पनि सिद्धान्त महत्वपूर्ण भएको प्रतिकृया दिए ।...