Thursday, April 25
Shadow

विकसित घटनाबारे धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग


  • -इ
  • इ+

काठमाडौं, माघ २२ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विकसित घटनाका विषयमा पार्टीको धारणा तयार गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन्, संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो,’ बिहीबार पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ ।’

पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको जानकारी दिएका छन् । प्रतिनिधिसभा विघटनपछि ७ पुसदेखि सुरु भएको बैठक १३ माघमा सकिएको थियो । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोधमा भन्दै कांग्रेसले २४ माघमा शुभेच्छुक संस्थाहरू र ३ फागुनमा जिल्ला कार्यसमितिहरूलाई विरोध ¥याली तथा सभा गर्न निर्देशन गरेको छ ।

सरकारले अध्यादेशमार्फत सिफारिस गरेका ११ वटा संवैधानिक निकायका ३२ जना पदाधिकारीलाई बुधबार नियुक्ति गरेपछि कांग्रेसमा त्यसबारे धारणा बनाउन पार्टीको बैठक बोलाउनुपर्ने माग उठेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares