Thursday, April 25
Shadow

Tag: लाइसेन्स

असोजदेखि लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, कसरी दिइन्छ अंक ?

असोजदेखि लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, कसरी दिइन्छ अंक ?

ब्यानर समाचार 2, समाचार
बागमती प्रदेशले आगामी असोजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ।असोज १ गतेदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्ने तयारी गरिरहेको श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेश हेटौंडाका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए। ‘अहिलेसम्म बागमती प्रदेशका कुनै पनि यातायात कार्यालयमा नयाँ व्यवस्था लागू हुन सकेको छैन। लागू गर्न प्रदेश सरकारले काम गरिरहेको छ,’ उनले भने।यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ। विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो। तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकेका छैनन्। कानुन स्पष्ट नहुँदा लामो समयसम्म अलमल भएको प्रदेश मन्त्रालयहरूले बताएका थिए।पछिल्लो समय भ...
स्मार्ट लाइसेन्सको  छपाई कार्य बन्द !

स्मार्ट लाइसेन्सको छपाई कार्य बन्द !

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र ११ सवारी चालक अनुमति पत्रको छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभाव भएपछी छपाई बन्द भएको हो । ‘स्टक’मा राखिएका स्मार्ट लाईसेन्स सकिएपछी छपाई कार्य बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । कोरोना माहामारीका कारण स्मार्टकार्डको आयात हुन नसक्दा छपाई कार्य बन्द भएको हो । माहामारीपछि बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु भएको थियो । माहामारीपछि पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् । विभागले फ्रान्सेली कम्पनीसँग १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ । ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड ल्याउने र छपाई सुरु गर्ने विभागले जनाएको छ । विभागले छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने योजना बनाएको छ ।...
अझै तीन महिना चालक अनुमति पत्रका लागि ट्रायल नखुल्ने

अझै तीन महिना चालक अनुमति पत्रका लागि ट्रायल नखुल्ने

टिप्स, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, मंसिर २६ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अझै तीन महिना नखुल्ने भएको छ । जाडो महिनाभरी कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले अझै तीन महिना अनुमति पत्र (ट्रायल) नखोल्नका आन्तरिक छलफल भएको यातयात व्यवस्था विभागले जनाएको छ । चालक अनुमति (ट्रायल) खोल्ने अधिकार प्रदेशको भौतिक मन्त्रालयलाई मात्र अधिकार हुन्छ । प्रदेशले खोल्ने अधिकार दिएपछि मात्र यातयात व्यवस्था विभागले अनलाइनप्रणालीलाई अनुमति दिने गर्दछ । यसभन्दा अघि कोरोना भाइरसको संक्रमणको दर उच्च हुँदा विभागले प्रदेश भौतिक मन्त्रालयसँग कुनै पनि सल्लाह नै नगरीक अनलाई सिस्टम बन्द गरेको थियो । विभागले भने प्रदेश सरकारले नै खोल्ने अनुमति नदिएको बताए पनि प्रदेश नम्बर ३ को भौतिक पूर्वधार मन्त्रालयले मंसिर २५ गते नै विज्ञप्ति जारी गर्दै खोल्नका लागि अनुमति दिएको छ ।...