Thursday, April 25
Shadow

Tag: राष्ट्रिय महिला लिगः

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौँ, फागुन ५ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा उपाधि दाबेदार एपीएफ र विराटनगर महानगरपालिका खेल्दैछन् ।आर्मी र पुलिसबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ । आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ । उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ । एपीएफले आज अपराह्न ३ बजे विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।...
राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौं, माघ २९ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा मैदान सातदोवाटोमा हुने पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्नेछ । आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकाको सामना गर्नेछ । जारी लिगमा सशष्त्र प्रहरीको एपिएफ क्लब अहिलेसम्म शत प्रतिशत जितको साथ तालिकाको शिर्ष स्थानमा रहेको छ । ८ खेलबाट उसको २४ अंक भएको छ । हिजो भएको खेलमा एपिएफले रौतहटको चन्दपुर नगरपालिकालाई ८/० ले पराजित ग¥यो । ८ खेलबाट १९ अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाको ८ खेलबाट समान ११ अंक छ । १० अंकको विराटनगर महानगरपालिका पाँचौें, ६ अंकको चन्द्रपुर नगरपालिका छैटौं तथा अंकविहीन चौदण्डीगढी नगरपालिका पुछारमा छ ।...
राष्ट्रिय महिला लिगः दोस्रो चरणमा त्रिभुवन आर्मीको शानदार जित

राष्ट्रिय महिला लिगः दोस्रो चरणमा त्रिभुवन आर्मीको शानदार जित

खेलकुद
काठमाडौं , माघ २४ । रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा शानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा आर्मीले मोफसलको टोली चौदण्डीगढी नगरपालिमाथि ९–० को फराकिलो जित निकाल्दै दोस्रो चरणको खेलमा सुखद सुरुआत गरेको हो । जारी लिगमा चौदण्डीगढीमाथि आर्मीको यो लगातार दोस्रो जित हो । यसअघि बुधबार भएको पहिलो चरणको खेलमा कमजोर टोलीको रुपमा रहेको चौदण्डीगढीमाथि १२–० को फराकिलो जित हात पारेको थियो । लिगमा ७ खेल खेलेको आर्मी १६ अंकका साथ दोस्रो स्थानमा छ । जुन एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको एपिएफ भन्दा मात्र २ अंक कम हो । ६ खेलमा १० बटुलेको विराटनगर नगरपालिका तेस्रो स्थानमा छ । ८ अंक जोडेको नेपाल पुलिस क्लब चौथो, समान ८ अंक जोडेको वालिङ नगरपालिका पाँचौ, ३ अंक जोडेको चन्दपुर नगरपालिका...
राष्ट्रिय महिला लिगः आजदेखि दोस्रो चरणका खेल सुरू हुँदै

राष्ट्रिय महिला लिगः आजदेखि दोस्रो चरणका खेल सुरू हुँदै

खेलकुद
काठमाडौँ, माघ २४ । राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल हुनेछ । शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् । दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ । आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ । जारी महिला लिगको पहिलो चरणसम्म साविक विजेता एपीएफ अपराजित रहेको छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौथो स्थानमा रहेको छ । वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ र ३ अंक जोडेको चन्द्रपुर छैटौ स्थानमा रह...