Tuesday, April 16
Shadow

Tag: रामचन्द्र पौडेल

कांग्रेस संसदीय दलको अंकगणित : कस्को पक्षमा कति सांसद ?

कांग्रेस संसदीय दलको अंकगणित : कस्को पक्षमा कति सांसद ?

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
आमनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै नेपाली कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने चासो बढेको छ । संसदको सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्रीका रुपमा हेर्ने गरिन्छ । यति मात्र नभएर संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गर्ने व्यक्तिलाई वैकल्पिक नेताका रुपमा समेत हेरिने भएकाले पनि संसदीय दलको निर्वाचनको चर्चा बढेको छ । अहिलेसम्म कांग्रेसमा प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, १४ औं महाधिवेशनमा सभापति प्रतिष्पर्धी डा. शेखर कोइराला, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइरालाले दावी गरेका छन् । प्रधानमन्त्रीमा दावी गर्ने नेताहरुमध्ये सवैभन्दा बढी सांसद सभापति देउवाको पक्षमा देखिएका छन् । देउवाको पक्षमा ५१ जना सांसद हुने देखिएको छ । यस्तै डा. शेखरको पक्षमा २१, वरिष्ठ नेता पौडेलको पक्षमा आठ जना सांसद देखिए...
गाउँगाउँमा रोजगारी र आम्दानीको अवसर : रामचन्द्र पौडेल

गाउँगाउँमा रोजगारी र आम्दानीको अवसर : रामचन्द्र पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले व्यास नगरपालिका–९ मा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले देशको भविष्य कोर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । जनताले परिवर्तनको अनुभूति हुने गरी काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेता पौडेलले राष्ट्रलाई सही बाटो देखाउन र सही दिशामा लैजान आफू राजनीतिमा सक्रिय रहेको बताउनुभयो । गाउँमा रोजगारी र आम्दानीको अवसर गाउँगाउँमा दिलाउन आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सडक, बिजुली, पानी, सञ्चार र पूर्वाधार निर्माणमा लाग्यौँ, हामीले गाउँगाउँमा बाटो पु¥याऔँ, स्कुल पु¥याऔँ तर गाउँ रित्तिदै गएकाले रित्तिनेक्रम रोक्नुपर्छ, अहिलेसम्म गाउँबाट विचलित भएको मनलाई म गाउँमै सेवा र सुविधा पु¥याएर बसौँबसौँ बनाउन लाग्नेछु ।” देशमा सुशासन ...