कुन ठाउँको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान
काठमाडौं , पुस १३ । अहिले बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले बदली भएको हो ।
यस्तो छ तीन दिनको पूर्वानुमान
पौष १३ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष १४ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : कर्णाली प्रदेश र सुदुरपश्चिम...